आजदेखि विश्व खोप सप्ताह

आजदेखि विश्व खोप सप्ताह प्रारम्भ हुँदैछ । आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’ पनि परेको छ । खोप सप्ताह र इन्टरनेशनल ग्रल्स आइसिटी डे संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष एप्रिल २२ मा आयोजना हुने गरेको छ । विश्व खोप सप्ताहको उद्देश्य आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जोगाउनु तथा खोपको प्रयोगलाई प्रवद्र्धन गर्नु हो ।  विश्व स्वास्थ्य […]

Continue Reading

तराईका क्षेत्रमा आगामी दुई दिन अत्यधिक गर्मी हुने

जल तथा मौसम विज्ञान विभागले तराईका क्षेत्रमा आगामी दुई दिन अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले आज राति तातो हावाको लहरसम्बन्धी विषेश बुलेटिन जारी गर्दै उक्त सावधानी अपनाउन सबैमा अनुरोध गरेको हो । विभागले , “आगामी दुई दिनसम्म मधेस प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश […]

Continue Reading

आज लोकतन्त्र दिवस

आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ […]

Continue Reading

दुर्गा प्रसाईं, रवीन्द्र मिश्रसहित २४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

राज्यविरूद्धको कसुरमा पक्राउ परेका २४ जनालाई अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। चैत १५ गते काठमाडौंको तीनकुने भएको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका २४ जनालाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले बुधबार अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। दुर्गा प्रसाईं, रवीन्द्र मिश्रसहित २४ जनामाथि प्रहरीले राज्य विरूद्धको […]

Continue Reading

मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजिनक

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको घटनामा परी मृत्यु भएका सविन महर्जन तथा सुरेश रजकका परिवारलाई प्रतिपरिवार १० लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ। […]

Continue Reading

हालको नियन्त्रण रेखाको आधारमा युक्रेनसँगको युद्ध रोक्ने पुटिनको प्रस्ताव

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालको नियन्त्रण रेखाको आधारमा युक्रेनसँगको युद्ध रोक्ने प्रस्ताव गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहल गरेको युद्धविरामको सफलताका लागि अहिले जुन-जुन ठाउँमा ज-जसको नियन्त्रण छ त्यहाँ उनीहरूकै नियन्त्रण रहने गरी युद्ध रोक्न तयार रहेको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ। ट्रम्पका विशेष दूत स्टिभ विटकफले अप्रिल महिनाको शुरूमा गरेको रूस भ्रमणका बेला पुटिनले […]

Continue Reading

प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचारविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेको भनी प्रकाशित समाचारविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्चमा कार्यरत नायव सुब्बा कमला रेग्मी र कम्प्युटर असिस्टेन्ट रमेश बजगाईंले नेपाली पेन अनलाइन पत्रिकालाई विपक्षी बनाउँदै मङ्गलवार अवहेलना मुद्दा दायर गरेका हुन् । उक्त मुद्दाको आज न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाको इजलासमा पहिलो […]

Continue Reading

तातो हावाको लहर चल्न सक्छ, सतर्कता अपनाऔँ : महाशाखा

मौसम पूर्वानुमान महाशाखाले तातो हावाको लहर चल्नसक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय गर्मी बढ्दै  गएका कारण तातो हावाको लहर चल्नसक्ने भएकाले सर्वसाधारणलाई  सतर्कता अपनाउन  महाशाखाले आग्रह गरेको हो । पछिल्लो समय देशभर तापक्रम बढिरहेको छ । विशेषगरी तराई भेगमा ४० डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको मौसमविद् रोजन लामिछानेले बताए । […]

Continue Reading

राजधानीका ठुला अस्पतालका क्यान्टिन सन्तोषजनक छैनन् : विभाग

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले केन्द्रीय अस्पतालहरूको क्यान्टिनको सरसफाइको अवस्था सन्तोषजनक नरहेको बताएको छ । विभागले वैशाख ८ र ९ गते क्रमशः वीर अस्पताल तथा राष्ट्रिय ट्रमा सेन्टर, रत्नपार्क र शिक्षण अस्पताल, महाराजगन्जमा सञ्चालित चमेना गृहहरूको स्थलगत निरीक्षण अनुगमन तथा खाद्य पदार्थको नमुना परीक्षण गरेको थियो । सो निरीक्षणमा क्यान्टिनको सरसफाइको अवस्था खराब पाइएको […]

Continue Reading

कश्मीर हमलामा बुटवल-११ कालिकानगरका २७ वर्षीय सुदिप न्यौपानेकाे मृत्यु

बुटवल उपमहानगरपालिका-१४ बेलभरिया घर भई बुटवल-११ कालिकानगरमा बस्दै आएका २७ वर्षीय सुदिप न्यौपानेको भारतको जम्मु-कश्मीरकाे आतङ्कवादी हमलामा परी मृत्यु भएको छ ।  सुदिपसहित आमा, बहिनी र ज्वाइँको टोली चार दिनअघि शनिवार भारतको जम्मु-कश्मीर घुम्न गएका थिए । बुटवल उपमहानगरपालिका-१४ का वडा अध्यक्ष दधिराम न्यौपानेले आतङ्कवादीको आक्रमणमा सुदिपको मृत्यु भएको बताउँदै शव आजै साँझसम्म काठमाडौं ल्याउने तयारी […]

Continue Reading