कुलमान र हितेन्द्रको रिटमा आज सुनुवाइ हुने

सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले हिजो दुवैका रिटमाथि सुनुवाइ हुँदाहुँदै समय नभ्याएपछि हेर्दाहेर्दैमा राखिएको थियो । उक्त रिट निवेदनमा आज बुधबारका लागि सुनुवाइ हुने भएको हो । घिसिङ र शाक्यको […]

Continue Reading

‘लाज शरणम्’ का बालकलाकार केसीको कुपोषणबाट निधन

महाशिवरात्रिमा प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ मा कुपोषित बालकको भूमिकामा अभिनय गरेका विकास केसीको कुपोषणकै कारण मृत्यु भएको छ।वि.सं. २०६६ साउन १ मा जन्मिएका केसीको जाजरकोटस्थित घरमै मंगलबार (चैत १९ गते) निधन भएको फिल्मका निर्देशक कुमार कट्टेल ‘जिग्री’ ले जानकारी दिए। फिल्ममा कुपोषित बालककै चरित्रमा देखिएका केसी वास्तवमै कुपोषित बालक र कर्णाली क्षेत्रका बासिन्दा थिए। उनको […]

Continue Reading

तीनकुने घटनामा सरकारले गृह प्रशासनमाथि अविलम्ब छानबिन गरोस्: भीमार्जुन आचार्य

संविधानविद् डा. भीमार्जुन आचार्यले गत शुक्रबार (चैत १५) काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको हिंसा र सरकारको बल प्रयोगको घटनामा निष्पक्ष छानबिनको माग गरेका छन्। उनले निहत्था नागरिकलाई गोली हानेर मारिएको भिडियो फुटेज सार्वजनिक भएको र पत्रकार सुरेश रजकको मृत्युमा रहस्य देखिएको भन्दै सरकारले आफ्नै गृह प्रशासनमाथि तत्काल छानबिन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल एक्समा डा. […]

Continue Reading

मार्चमा एक लाख बढी पर्यटक नेपाल आए

सन् २०२५ को मार्च महिनामा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या हवाइमार्ग भएर आएका पर्यटकको हो। बोर्डको विवरणमा वर्षको पहिलो तीन महिनामा दुई लाख ९८ हजार पर्यटक नेपाल भित्रिएका थिए। जनवरीमा ७९ हजार नौ सय र फेब्रुअरीमा ९६ हजार आठ सय पर्यटक नेपाल आएका थिए। मार्च महिनामा […]

Continue Reading

मन्त्रिपरिषद् बैठकका निर्णय

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै चैत १५ र १८ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन  । मन्त्रिपरिषद्को बैठकले संसद्को चालु हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। नेपालको संविधानबमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै वा कुनै सदनको अधिवेशन […]

Continue Reading

सप्तरीमा आगलागिले १ फर्निचर उद्योग र ३ घर भए खरानी

सप्तरी सदरमुकाम राजविराज नगरपालिका ६ खर्साल टोलमा  आगलागि भएको छ । आगलागिमा एक फर्निचर उद्योग, ३ वटा घर, ५० हजार नगद तथा सुनचाँदीका गरगहना जलेर लाखौंको सम्पत्ति खरानी भएको छ । स्थानीय दुबीलाल यादवको गुहालीबाट सल्केको आगोले उनको तीन घरसहित छिमेकी सुरेश शर्माको फर्निचर उद्योग जलेर नष्ट हुँदा करिब १४ लाख बराबरको क्षति भएको पीडितहरुले बताएका […]

Continue Reading

गुजरातको पटाका गोदाममा विस्फोट, १७ जनाको मृत्यु

भारतको गुजरात राज्यमा मङ्गलबार एक पटाका गोदाममा भएको ठूलो विस्फोटपछि आगलागी हुँदा १७ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्।बनासकाँठा जिल्लाको डीसा नगरमा भएको यस घटनामा गोदामको केही भाग भत्किएको र कैयौं मानिस फसेको बताइएको छ। मृतकमध्ये अधिकांश मजदुर थिए, जो त्यहाँ काम गरिरहेका थिए। प्रहरीका अनुसार, सुरुमा छजनाको मृत्यु भएको खबर […]

Continue Reading

प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहराकाे निधन

प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराका निधन भएको छ । लामो समयदेखि अस्वस्थ उनको राजधानीको ओम अस्पतालमा मंगलबार उपचारका क्रममा निधन भएको राप्रपाले जनाएकाे छ । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी उनी पूर्वमन्त्री समेत हुन् । घाँटीको समस्याबाट पीडित उनले निर्वाचनमा एक पटक पनि चुनावी सभालाई सम्बोधन गरेका थिएनन् । […]

Continue Reading

तीनकुनेमा प्रहरीले ६० राउन्ड गाेलि र ७ सय ४६ थान अश्रुग्यास फायर गर्याे

तीनकुनेमा चैत १५ गते दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शन उग्र बन्दा दुई जनाले ज्यान गुमाए । १७ जना प्रदर्शनकारी घाइते भए । उक्त क्रममा कीर्तिपुर बस्दै आएका सविन महर्जनको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको पुष्टि भएको छ । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त […]

Continue Reading

संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालु अधिवेशन यही आजराति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले संसद्को चालु हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए  । नेपालको संविधान बमोजिम राष्ट्रपतिले […]

Continue Reading