उच्चस्तरीय न्यायिक आयोग गठन गर्न राप्रपा नेपालको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)ले यही चैत १५ गते तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले त्यस घटनासँग जोडेर पक्राउ गरिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा.धवलशम्शेर राणालाई तत्काल रिहाइ गर्न सरकारसँग माग गर्ने निर्णय […]

Continue Reading

टिकटक हत्याउने क्रममा ‘स्वामित्व बेच्न वा प्रतिबन्ध खेप्न’ चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ स्वामित्वको टिकटक एप अमेरिकी व्यवसायीलाई खरिद गराउन नयाँ बहाना निकालेका छन् । यसअघि जो बाइडेन सरकारले प्रतिबन्ध लगाएको उक्त एपलाई ट्रम्पले शपथलगत्तै फुकुवा गरिदिएका थिए । अहिले सोही एप चिनियाँ व्यवसायीको स्वामित्वबाट अमेरिकीलाई दिलाउन ७५ दिनको म्याद दिइएको छ । अमेरिकालाई स्वामित्व बेच्नुपर्ने शर्तमा उक्त म्याद दिइएको विश्लेषण छ । […]

Continue Reading

दाउन्ने सडक दुई चरणमा बन्द, कालीगण्डकी करिडोर प्रयोग गर्न सुझाव

नवलपरासी पश्चिमको नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड बन्द हुने भएको छ । स्तरोन्नतिका निम्ति आगामी बुधबारदेखि वैशाख १५ गतेसम्म दुई चरणमा सडक बन्द गर्न लागिएको जनाइएको छ । सडक विभागका अनुसार चैत २७ गतेदेखि ३१ गतेसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सडक […]

Continue Reading

वायु प्रदूषण बढ्दै जाने सम्भावना कायमै छः मौसम पूर्वानुमान महाशाखा

प्रदूषणका कारण काठमाडौं विश्वकै सर्वाधिक प्रदूषित सहर बनिरहेका समय पहाडी क्षेत्रको मौसममा बद्ली भएर हल्का वर्षाको सम्भावना रहेको छ । यद्यपि बाँकी स्थानमा वर्षाको सम्भावना न्युन रहेकाले प्रदूषण थप बढ्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाले गए राति ८ बजे आगामी २४ घण्टाको मौसम पूर्वानुमान सार्वजनिक गर्दै […]

Continue Reading

राम नवमीको अवसरमा झिलिमिली जानकी मन्दिर (तस्बिरहरू)

राम नवमीको अवसरमा आइतबार जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा दर्शनार्थीको ठूलो भीड लागेको थियाे । साँझपख मन्दिर झिलमिल बत्तीले सजिएपछि दृश्य झनै मनमोहक देखियाे । हिन्दु धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्र मानिने जानकी मन्दिरमा बिहानैदेखि भक्तजनको ओइरो लागेको थियो। साँझपख मन्दिर चारैतिरबाट रंगीचंगी बत्तीले सजिएपछि वातावरण अझ भव्य बनेको थियाे । रामनवमीको विशेष पूजाआजा तथा दर्शनका लागि […]

Continue Reading

‘तीनकुने घटनाबारे प्रहरीले सार्वजनिक गरेको तथ्यांकले चिन्तित बनायो’

तीनकुने घटनाको न्यायिक छानबिन गरी जवाफदेहिता सुनिश्चित गर्न र त्यस्तो हिंसात्मक घटना पुनः नदोहोरिने सुनिश्चित गर्न माग गरिएको छ । जवाफदेहिता निगरानी समितिका संयोजक राजुप्रसाद चापागाईं, एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलिया, एड्भोकेसी फोरम नेपालका निर्देशक विकास बस्नेत र न्याय तथा अधिकार संस्था (जुरी–नेपाल) अध्यक्ष रुकमणि महर्जनले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उक्त आह्वान गरेका […]

Continue Reading

आजदेखि शैक्षिक हडताल

नेपाल शिक्षक महासङ्घले चौथो चरणको आन्दोलन घोषणा गरेको छ। यही चैत २० गतेदेखि काठमाडौंमा सडक आन्दोनल गरिरहेको महासङ्घले सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरिएको महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। आन्दोलन अवधिभरि उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, शैक्षिक भ्रमणजस्ता कुनै पनि कार्यमा सङ्लग्न नहुन उनले आग्रह गरेका छन्। महासङ्घको अगुवाइमा विद्यालय शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै […]

Continue Reading

आजदेखि उदयपुरमा शैक्षिक हड्ताल आह्वान

शान्तिपूर्ण शिक्षक आन्दोलनप्रति सरकारले बेवास्ता गरेको भन्दै नेपाल शिक्षक महासघ, उदयपुरले आजदेखि शैक्षिक हड्ताल आह्वान गरेको छ । गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउन जारी शिक्षक आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउन महासङ्घले आम शैक्षिक हडताल आह्वान गरेको जनाएको छ । चैत २० गतेदेखि काठमाडौ केन्द्रित आन्दोलनरत शिक्षकहरुको मागप्रति यतिका दिनसम्म सरकारले […]

Continue Reading

जिल्ला प्रशासनले राप्रपालाइ भृकुटीमण्डपमा आमसभा गर्न नदिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्य समितिले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको आमसभा अन्यत्र सार्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आइतबार राप्रपा बागमती प्रदेश कार्य समितिलाई पत्र पठाउँदै चैत २६ गते भृकुटीमण्डपमा आमसभा आयोजना गर्न अनुमति नदिने निर्णय गरेको हो। प्रशासनले सो स्थानमा शिक्षक आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रमजस्ता पूर्वनिर्धारित […]

Continue Reading

बागेश्वरी मन्दिरमा डेढसय बढीले जिब्रो छेडे

हिन्दू धर्मावलम्बीको चैते दशैकाे भाेलिपल्ट पर्ने   राम नवमीको अवसरमा  पश्चिम नेपालको प्रशिद्ध शक्तिपिठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा यक्ष र मोक्ष पाउने आशामा डेढसय बढिले जिब्रो छेडेका छन् । यहा त्रिशुलले जिब्रो छेडेर माता बागेश्वरीको पूजा गर्ने परम्परा परापूर्वकालदेखि चल्दैआएको छ। यो परम्पराअनुसार चैते दशै र बडादशैंको नवमीको दिनमा ठूलो संख्यामा जिब्रो छेडेर वाक्यकीदेवी बागेश्वरीमाताको दर्शन गर्नेको […]

Continue Reading