प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेको भनी प्रकाशित समाचारविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।
सोमबार ‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे ?’ शीर्षकमा उक्त अनलाइनमा समाचार प्रकाशित भएको थियो । यद्यपि उक्त समाचार हाल वेबसाइटबाट हटाइएको छ ।