तीन दिन मेघगर्जन चट्याङ्सहित वर्षाको सम्भावना

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आजदेखि दुई दिन मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको जनाएकाे छ ।

महाशाखाले बिहीबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा शुक्रबार र शनिबार दिउँसो सात प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हिमपातको सम्भावना छ ।

दुई दिन पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *