नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ । नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड बुधबार बिहान ११ देखि अपराह्न ३ बजेसम्म बन्द हुनेछ ।
याे तालिका चैत ३१ गतेसम्म लागु हुनेछ त्यसपछि आगामी २०८२ वैशाख १ गतेदेखि राति ११ देखि बिहान ५ बजेसम्म बाटो बन्द हुने आयोजनाले जनाएकाे छ ।