अछामको जयगढ बजारमा भिषण आगलागी, नौ घर जलेर नष्ट

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

बान्नीगडी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा भीषण आगलागी भएको छ । मुख्य बजारमा रहेको एक पसलमा ग्यास सिलिन्डरबाट सल्केको आगो अनियन्त्रित बनेर आगलागी भएको हो ।

आगलागी नियन्त्रणका लागि स्थानीयले प्रयास गरिरहेपनि प्रयास असफल भएको स्थानीय बेदराज तिमिल्सेनाले जानकारी दिए  । उनका अनुसार नौ घर जलेर नष्ट भएको छ । अझ क्षति हुने खतरा छ । आगलागी नियन्त्रणका लागि सदरमुकाम मंगलसेन नगरपालिकाको दमकल गएको बताइएको छ ।

आगलागीका कारण जयगढ बजारमा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । आगलागी नियन्त्रणमा समस्या भएहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *