राम नवमीको अवसरमा झिलिमिली जानकी मन्दिर (तस्बिरहरू)

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य
राम नवमीको अवसरमा आइतबार जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा दर्शनार्थीको ठूलो भीड लागेको थियाे । साँझपख मन्दिर झिलमिल बत्तीले सजिएपछि दृश्य झनै मनमोहक देखियाे ।

हिन्दु धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्र मानिने जानकी मन्दिरमा बिहानैदेखि भक्तजनको ओइरो लागेको थियो। साँझपख मन्दिर चारैतिरबाट रंगीचंगी बत्तीले सजिएपछि वातावरण अझ भव्य बनेको थियाे ।

रामनवमीको विशेष पूजाआजा तथा दर्शनका लागि नेपालका विभिन्न स्थानका र भारत समेतबाट श्रद्धालुहरू जनकपुरधाम आएका छन्। मन्दिर परिसरमा भक्तजनहरू राम–सीताको जयघोषमा रमाइरहेकाे देखिन्छ।

रामनवमीको दिन जानकी मन्दिरमा विशेष सजावट र कार्यक्रम हुँदै आएको र मन्दिर व्यवस्थापन समितिले भक्तजनलाई सहज रूपमा दर्शन गराउने व्यवस्था मिलाएको थियाे ।

 

साभार: वसन्त ढुंगाना/नागरिक दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *