तुँवालोका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टादेखि बन्द

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विगत २४ घण्टादेखि बन्द रहेको छ। बाक्लो तुँवालो हट्न नसकेपछि आइतबार बेलुकी ५ बजेदेखि बन्द रहेको विमानस्थल आज मंगलवार बिहानसम्म खुल्न सकेको छैन । विमानस्थल बन्द हुँदा हवाई उडान रद्ध भएका छन्।

विमानस्थल प्रवक्ता जशोदा सुवेदीले २४ घण्टादेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहेको बताईन। ‘विमानस्थल खुल्ने अवस्था नै छैन। भिजिविलिटी नै छैन। उडान धमाधम रद्ध भएका छन,’ उनले भनिन, ‘मौसम सुधार हुने अवस्था नै देखिएको छैन। बरु, अझ बिग्रँदो छ।’

उनका अनुसार सामान्य अवस्थामा विमानस्थल बिहान ६ बजे नै संचालनमा आउने गर्छ । तर, पछिल्लो केहीदिनदेखि विमानस्थलको खुल्ने समय ढिला हुँदै गएको थियो। ‘आइबार बेलुकीदेखि त सबै ठप्प भयो। भिजिविलिटीमा सुधार भएको खण्डमा मात्र उडान हुने हो। तर, यात्रुले उडान कुर्न छाडिसकेका छन,’ उनले भनिन।

विमानस्थल बन्द भएपछि अधिकांश हवाई उडान पनि रद्द भएका छन्। बुद्ध एयरले पोखराबाट विभिन्न गन्तव्यका लागि तय गरेका १७ वटा उडान रद्द गरिसकेको छ। अरु कम्पनिले पनि उडान रद्द गर्ने तयारी गरेका छन। ‘हवाई उडान हुनै सक्ने अवस्था छैन। हिजोदेखि बन्द रहेको विमानस्थल खुल्नै सकेको छैन,’ बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बराल भन्छन, ‘भिजिविलिटी नै अपुग छ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित हुनका लागि कम्तिमा ३७ सय मिटरको भिजिविलिटी चाहिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *