वरिष्ठ पत्रकार भैरव रिसालको निधन

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षीय पत्रकार रिसाल अस्वस्थ हुनुभएपछि आइतबार फ्रन्टलाईन अस्पताल बानेश्वर भर्ना गरिएको थियो । उनका भाइ पुरु रिसालका अनुसार उनको निधन गएराती पौने ८ बजेतिर भएको हो ।

पत्रकार रिसालले आफ्नो शरीर पाटन अस्पताललाई दान दिने घोषणा गरेकाले उनको दाहसंस्कार नगरिने वरिष्ठ पत्रकार तीर्थ कोइरालाले बताए  । वि.सं. १९८५ साउन २८ गते जन्मेका पत्रकार रिसाल २०१३ सालदेखि पत्रकारिता क्षेत्रमा आवद्ध थिए  । पत्रकार रिसाल नेपाली भूमि लिपुलेक र लिम्पियाधुरामा जनगणना काममा सहभागी भएका थिए  ।

पछिल्लो समय फोक्सो र मुटु समस्याबाट ग्रसित  रिसाल सूर्यविनायक नगरपालिका –४, दधिकोटमा बस्दै आएका थिए  । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *