हिमपहिरोमा परेर हराइरहेका चिनियाँ नागरिकको शव १२ दिनपछि फेला परेको छ । गत चैत ११ गते अन्दाजी १२: ३० बजे जिल्ला कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउराली स्थित चुम्रुङमा हिमपहिरो आएको थियो ।
टोलीले निरन्तर रूपमा खोजी कार्य गर्दा शनिबार अन्नपूर्ण गाउँपालिका-११ देउराली चुम्रुङ्गस्थित मादि नदी किनारबाट २० मिटर उत्तरतर्फ झोला बोकी घोप्टो परेको अवस्थामा शव फेला पारेको थियो । उक्त शवलाई ११ः २० बजे घटनास्थलबाट बाहिर निकालेको गणका गणपति एसपी सूर्यप्रसाद तिमिल्सेनाले जानकारी दिए ।