जाजरकोटमा ३ मिनेटको फरकमा दुई वटा भूकम्प गएको छ । गए राति ८ः०७ मा ५.२ म्याग्निच्युडको ३ मिनेटमै ५.५ म्याग्निच्युडको अर्को भूकम्प गएको छ ।
भूकम्पकाे केन्द्रबिन्दु कुशे गाउँपालिका पैकभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का सुर्खेत, दैलेख, सल्यान, कालिकोट, चितवन तथा बाग्लुङ लगायतका जिल्लामा महसुस गरिएको थियाे ।
भूकम्प गएपछि सर्वसाधारण घरबाहिर सडकमा निस्किएका थिए । बिहीबार साँझ ५ बजेर ४ मिनेटमा दार्चुलामा पनि भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।