तनहुँको भानुमा बस पल्टियो : १५ जना घाइते, चालक फरार

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

तनहुँको भानुमा बस दुर्घटना भएको छ । शुक्रबार जिल्लाको भानु नगरपालिका १ अधेरी खोला नजिक बस पल्टिएको इलाका प्रहरी कार्यालय भानुका प्रमुख दिपक कुँवरले जानकारी दिए  ।

उहाँका अनुसार बस दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका छन् । जसमध्ये दुई जना गम्भीर घाइते र दुई जनाको अवस्था मध्यम रहेको छ । अन्य ११ जनाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ । बसमा करिब ४० जना सवार रहेको इलाका प्रहरी कार्यालय भानुका प्रमुख कुँवरले जानकारी दिए  ।

चितवनको नारायणगढबाट लम्जुङको बेसिसहर तर्फ जाँदै गरेको ग १ ख ६४९८ नम्बरको बस शुक्रबार दिउँसो ४ः२५ बजेको समयमा दुर्घटना भएको प्रमुख कुँवरले बताए  । बसका चालक भने फरार रहेका छन् । चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरुले उद्धार गरेका छन् । घाइतेहरुलाई डुम्रेस्थित लक्ष्मी अस्पताल र मोति मेडिकलमा पठाइएको इलाका प्रहरी कार्यालय भानुका प्रमुख कुँवरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *