शेयर बजारमा हरियाली, नेप्से ३.३५ अंकले बढ्यो

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

लगातार दुई दिनको हरियालीले शेयर बजारमा उत्साह छाएको छ । बिहीबार नेप्से परिसूचक ३.३५ अंक बढेर २७०३.३९ विन्दुमा बन्दा भएको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार करिब साढे ५ अर्बको शेयर खरिदबिक्री भएको नेपाली बजारमा बिहिबार ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार रुपैयाँबराबरको १ करोड ५५ लाख २ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज ग्रीन भेन्चर्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ४५ रुपैयाँ ८८ पैसा बढेर ५ सय ५ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।

त्यस्तै, सुपर मादी हाइड्रोपावरको शेयरमूल्य करिब ७ प्रतिशत र राधी विद्युत कम्पनीको शेयर मूल्य करिब ५ प्रतिशत बढेको छ। कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७.८५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। नेपाल पुनर्बीमा कम्पनीको करिब ५६ करोडको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब ४३ करोडको शेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। आज बैंकिङ्ग उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ। आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.६६ प्रतिशत र वित्त उपसमूहको परिसूचक साढे १ प्रतिशत घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *