मेयर बालेन साहले लगाएको ताल्चा फुटाएर प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले पदभार ग्रहण गरेका छन् । मेयर साहले लगाएको ताल्चा उप प्रमुख सुनिता डंगोल, वडा अध्यक्ष र कार्यरत कर्मचारीको पहलमा ताल्चा फुटाएर गुरागाईंले पदभार ग्रहण गरेका हुन् ।
गुरागाईंले कार्यालय प्रवेश गर्न नदिन राजु पाण्डेको नेतृत्वमा महानगरीय प्रहरी खटाए पनि अन्ततः जनप्रतिनिधि र कर्मचारीको अगाडी केही लाग्न सकेन र उनी साढे तीन महिना पछि जिम्मेवारीमा फर्किएका हुन् ।
काठमाडौं महानगरमा यसअघि झन्डै पाँच महिना देखी रोकिएको तलब शुक्रबार देखी नै निकासा हुने उनले जानकारी दिए ।
प्रशासकीय अधिकृतको स्वागतमा डंगोल, निषेधमा मेयर बालेन साह
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्ष प्रवेश गराउने बिषयमा काठमाडौं महानगरपालिकामा झडपको स्थिति सिर्जना भएको छ। मेयर बालेन्द्र साहले गुरागाईँलाई रोक्नका लागि उनको कार्यकक्षमा ताला लगाएर नगर प्रहरी उतारेका छन भने उपमेयर सुनिता डंगोल भने गुरागाईँको स्वागतका लागि तयार भएर बसेकी थिइन् ।
गुरागाईँको स्वागत र निषेधको अवस्था महानगरपालिका कार्यालयमा रहदाँ स्थिति असमान्य बनेको थियाे । उपमेयर डंगोलसहित कर्मचारीहरूले मेयर साहको आदेशमा लगाएको ताला फोडनेका थिए ।
