आन्दोलन गर्न डेढ लाख शिक्षक काठमाडौंमा

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

काठमाडौंमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरिका शिक्षकहरू प्रदर्शनमा सहभागी हुन आएका छन् । शिक्षक महासंघको नेतृत्वमा आयोजना भइरहेको आन्दोलनमा डेढ लाख शिक्षक कर्मचारीको सहभागिता रहने जनाइएको छ । महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले शान्तिपूर्ण र मर्यादित प्रदर्शनका लागि ८ सय स्वयंसेवक परिचालन गरिएको बताइन् ।

शिक्षकहरूले सरकारसँगको विगतको सहमति अनुसार विद्यालय शिक्षक विद्यार्थी कर्मचारी मैत्री ऐन तत्काल जारी गर्नुपर्ने माग गरेका छन् । यसअघि २०८० असोजमा भएको आन्दोलनपछि सरकारसँग ६ बुँदे सम्झौतामा हस्ताक्षर भएको थियो ।

हाल शिक्षा विधेयक संसदको शिक्षा समितिमा छलफलमा रहेको र उपसमिति निर्माण गरेर आगामी वर्खे अधिवेशनमा संसदमा पेश गर्ने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *