सप्तरीमा आगलागिले १ फर्निचर उद्योग र ३ घर भए खरानी

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सप्तरी सदरमुकाम राजविराज नगरपालिका ६ खर्साल टोलमा  आगलागि भएको छ । आगलागिमा एक फर्निचर उद्योग, ३ वटा घर, ५० हजार नगद तथा सुनचाँदीका गरगहना जलेर लाखौंको सम्पत्ति खरानी भएको छ । स्थानीय दुबीलाल यादवको गुहालीबाट सल्केको आगोले उनको तीन घरसहित छिमेकी सुरेश शर्माको फर्निचर उद्योग जलेर नष्ट हुँदा करिब १४ लाख बराबरको क्षति भएको पीडितहरुले बताएका छन् ।

आफ्नो तीन घरसहित ५० हजार नगद, खाद्यान, लत्ताकपडा, भाडा वर्तन, सुनचाँदीका गरगहना गरि १० लाख बराबरको क्षति भएको दुबीलालले संचारकर्मीहरुलाई सुनाए । छिमेकी सुरेश शर्माले फर्निचर उद्योगमा आगलागि हुँदा लाखौंको फर्निचरका साथै काठ कठान गर्ने दुई वटा मेशिन समेत जलेर नष्ट भई चार लाख बराबरको क्षति भएको बताए ।

अपरान्ह पाँच बजे लागेको आगो राजविराज नगरपालिका र मधेश प्रदेश तालिम केन्द्रको बारुणयन्त्र, नेपाल तथा सशस्त्र प्रहरी र स्थानियबासिको सहयोगमा एक घण्टाको प्रयास पश्चात् आगो पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । आगलागिको कारण खुल्न नसकेको तथा क्षतिको एकिन विवरण संकलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *