आज महिला न्यायाधीश सम्मेलन हुँदै

अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा सोमबार काठमाडौंमा ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ हुने भएको छ । सम्मेलनको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरू, सर्वोच्च, उच्च र जिल्ला अदालतका बहालवाला महिला न्यायाधीश गरी ६० जनाको सहभागिता रहनेछ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लका अनुसार सम्मेलनमा महिला न्यायाधीशका अनुभव तथा कार्यगत चुनौती […]

Continue Reading

पूर्वराजा ज्ञानेन्द्र काठमाडौं आइपुग्दा (तस्बिरहरू)

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । उनी आइतबार अपराह्न ४ बजेतिर पोखराबाट काठमाडौं आइपुगेका हुन् । समिट एयरको ९एन–एकेजेड कलसाइन चार्टर्ड उडानमार्फत काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थलबाहिर समर्थकहरूले स्वागत गरेका थिए । उनलाई स्वागत गर्न कमल थापासहितका नेताहरू पनि विमानस्थल पुगेका थिए । समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ नारा लगाइरहेका छन् । र्‍यालीसहित […]

Continue Reading

आजकाे विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९ रूपैयाँ ३० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५० रूपैयाँ २६ पैसा र बिक्रीदर १५० रूपैयाँ ९१ पैसा, यूके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ २२ […]

Continue Reading

कुलमान घिसिङको स्पष्टिकरण: ‘पूर्वाग्रही निर्णय मान्य हुँदैन’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई आफ्नो कार्यसम्पादनसम्बन्धी विस्तृत सफाइ पेस गरेका छन्। मन्त्रिपरिषद्को फागुन २१ गतेको निर्णयअनुसार मन्त्रालयले तीन दिनभित्र सफाइ दिन निर्देशन दिएपछि घिसिङले आइतबार विस्तृत जवाफ दिएका हुन्। मन्त्रालयले करार सम्झौताअनुसार दफा १०.३ को अवस्था उत्पन्न भएकाले सम्झौता र नियुक्ति किन रद्द नगर्ने भन्ने प्रश्न सोधेपछि […]

Continue Reading

आफ्नै जन्मथलो फर्कन थाले स्थलांतरकारी हाँस

नेपालका तालतलैया, नदी किनार र जलाधार क्षेत्रमा हिउँदभरि बसेका स्थलांतरकारी हाँसहरू आफ्नै जन्मथलो फर्किन थालेका छन्। कार्तिक–मंसिरतिर जाडो छल्न आएका ठूला जलेवा र खड्खडे हाँसहरू अहिले समूहमा भेला भएर उड्ने सुरसार गरिरहेका हुन्। हरेक वर्षजस्तै यस पटक पनि यी हाँसहरू भारत, पाकिस्तान हुँदै साइबेरिया वा मङ्गोलियाको तीव्र चिसो हावामा फर्किनेछन्। हिउँदभरि नेपालका रामसार क्षेत्र, चुरे […]

Continue Reading

प्रधानमन्त्री ज्यू, सच्चिने की सक्किनेः ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिन चेतावनी दिएका छन्। आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरी निर्मल निवास पुर्‍याएपछि आयोजित जनसम्बोधनमा उनले प्रधानमन्त्री ओलीलाई राजा सहितको प्रजातन्त्र स्वीकार्न आग्रह गरे। शाहीले ओलीलाई चेतावनी दिँदै भने, ‘प्रधानमन्त्रीज्यू, अब कि त सचिनुस् कि त सकिनुस्। नविन सम्झौतामा […]

Continue Reading

वायु प्रदूषणमा दिल्लीलाई पछ्याउँदै काठमाडौं

पर्याप्त वर्षा नहुँदा काठमाडौं उपत्यकाको आकाशमा डम्म बादल लगेको छ भने वायु प्रदूषण पनि बढेको छ। मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको मौसमविद् विनु महर्जनले जानकारी दिइन्। ‘मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ, तर प्रदूषण हट्ने गरी वर्षा भएको छैन,’ उनले भनिन्, […]

Continue Reading

अमेरिकामा गोली हानेर मृत्युदण्ड

अमेरिकी राज्य साउथ क्यारोलिनाका हत्याको अभियोगमा दोषी ठहरिएका ६७ वर्षीय ब्राड सिग्मनलाई फायरिङ स्क्वाडद्वारा मृत्युदण्ड दिइएको छ । अमेरिकामा पछिल्लो पन्ध्र वर्षमा यो विधि प्रयोग गरी मृत्युदण्ड दिइएको यो पहिलो पटक हो । ब्राडलाई तीन स्वयंसेवक जेल कर्मचारीहरूले गोली हानी मारेका थिए । ब्राडले २००१ मा ग्रिनभिलको आफ्नो घरमा आफ्नी पूर्व प्रेमिकाका आमाबाबुको बेसबल ब्याटले हत्या […]

Continue Reading

गौरमा सांसद अमरेश सिंहको पुतला दहन

संघीय सांसद अमरेशकुमार सिंहको रौतहटको सदरमुकाम गौरमा पुतला दहन गरी प्रर्दशन भएको छ। सांसद सिंहले शुक्रवार सदनमा मेयर शम्भु साहविरुद्द गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै उनको समर्थकसँगै गौर नगरपालिकाका पदाधिकारीहरुले  नाराबाजी गर्दै विपी चौकमा पुतला दहन गरेका हुन् । गैर जिम्मेवारपूर्ण अभिव्यक्ति प्रती नगरको उपप्रमुख, नगरप्रवक्ता, वडाध्यक्षहरु, वडा सदस्य, तथा स्थानीयहरुले सांसद सिंह  मुर्दावाद,  भगौडा साँसद […]

Continue Reading

प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा तामेली गर्ननै १५ दिन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्थामन्त्री बलराम अधिकारीविरुद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा म्याद तामेल गर्न १५ दिन लागेको पाइएको छ ।  अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्चले ४ फागुनमा कारण देखाऊ आदेश जारी गर्दै ७ दिनभित्र प्रधानमन्त्री ओली र भूमि व्यवस्थामन्त्री अधिकारीलाई लिखित जवाफ पेस गर्न भनेको थियो । […]

Continue Reading