प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्न राणासहित संयुक्त जनआन्दोलन समितिका सदस्यसचिवलगायतलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो आन्दोलनका क्रममा पक्राउ परेका नेताहरूमाथि प्रहरीले छानबिन गरिरहेको छ।
मिश्र र राणाको अडान: अस्पतालको सुविधा लिँदैनौं, हिरासतमै लड्छौं
राजसंस्था पुनर्स्थापना जनआन्दोलनका नेताद्वय डा. धवलशमशेर राणा र रवीन्द्र मिश्रले स्वास्थ्य समस्याका कारण अस्पताल बस्ने सुविधा अस्वीकार गर्दै हिरासतबाटै आन्दोलन जारी राख्ने घोषणा गरेका छन्।
आइतबार काठमाडौं जिल्ला अदालतको इजलासमा उनीहरूले यस्तो अडान लिएका हुन्। “स्वास्थ्य समस्याले दिइने अस्पतालको सुविधा म लिँदिन,” संयुक्त जनआन्दोलन परिचालन समितिका सदस्यसचिव तथा राप्रपा उपाध्यक्ष मिश्रले भने। आन्दोलन संयोजक राणाले थपे, “राज्यले ज्यान लिन्छ भने लिओस्, रवीन्द्रको साथ छाड्दिनँ, हिरासतमै बसेर लडाइँ लड्छु।”
मिश्रको उच्च रक्तचाप र क्यान्सरबाट पीडित राणाको नियमित स्वास्थ्य परीक्षणका लागि वकिलहरूले अस्पताल सुविधाको अनुरोध गरेका थिए। तर, दुवैले अस्वीकार गरेपछि वकिलहरूले निवेदन फिर्ता लिए। राणाको क्यान्सर शल्यक्रियापछि वैशाख १५ मा भारतमा परीक्षण तय थियो।
“आगजनी, लुटपाट, गोली वा अश्रुग्यास हान्ने र मान्छे मार्ने कार्यमा हाम्रो संलग्नता छैन। सरकारले शान्तिपूर्ण प्रदर्शनमा दमन गर्यो र भीडलाई उत्तेजित बनायो,” उनीहरूले इजलासमा भने। चैत १५ को तीनकुने प्रदर्शनमा संलग्नताको आरोपमा अदालतले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न ५ दिन म्याद थप गरेको छ।
‘राजालाई जरिवाना काट्नु ‘बालेन ’ को गम्भीर त्रुटिः राजेन्द्र लिङ्देन
“हिंसा भड्काउन सरकार आफैं दोषी छ। छतमा प्रहरी राखेर गोली र अश्रुग्यास किन हानियो ? लामो समय आगलागी हुँदा पत्रकारको उद्धार किन भएन ?” लिङ्देनले प्रश्न गरे।उनले सादा पोशाकका प्रहरीले आन्दोलनकारीलाई ताकेर गोली लोड गरेको भिडियो प्रमाण रहेको दाबी गर्दै घटनाको सम्पूर्ण जिम्मेवारी सरकारको भएको बताए।
उनले घटनाको निष्पक्ष छानबिनका लागि स्वतन्त्र न्यायिक आयोग गठन गर्न माग गरे। “हाम्रा नेताहरू हिंसामा संलग्न छैनन्, २४ घण्टाभित्र बिनाशर्त रिहाइ हुनुपर्छ,” उनले भने।राप्रपाले पूर्ण रूपमा आन्दोलनमा जाने चेतावनी दिँदै उनले पार्टी हिंसात्मक गतिविधिबाट अलग रहेको स्पष्ट पारे।
लिङ्देनले संसद्मा एक सांसदले ‘राजावादीहरूलाई जेल हाल्नुपर्छ’ भनेपछि आफूले ‘म ठूलो राजावादी हुँ, सक्छौ भने जेल हाल’ भनी चुनौती दिएको बताए। उनले काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले पूर्वराजालाई जरिवाना पत्र लेख्नु गम्भीर त्रुटि भएको टिप्पणी गरे।