फरार प्रसाईंको फेसबुक लाइभ: मलाइ देख्नेबितिकै गोली हान्न प्रधानमन्त्रीको आदेश छ

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

गत शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन गरेको ’संयुक्त जनआन्दोलन समिति’ का ’जनकमान्डर’ दुर्गा प्रसाईंले आफू नभागेको अभिव्यक्ति दिएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर उनले आफूलाई देख्ने बित्तिकै गोली हान्ने प्रधानमन्त्रीको निर्देशन भएको हुँदा सुरक्षित बसेको बताएका हुन्।

प्रसाईंले भने, ‘म भागेको छैन र म भाग्दिन पनि । पुलिस प्रशासनले मलाई खोज्नु पर्दैन । मलाई गोन्जालोज बनाएर यो आन्दोलनलाई दबाउने कोसिस गरिएको छ । म सुरक्षित मात्रै बसेको हो । मलाई भेटेको ठाउँमा गोली हान्नु भन्ने प्रधानमन्त्रीको आदेश छ भन्ने सुनेपछि म सुरक्षित ठाउँमा बसेकाे छु । म नेपाल र नेपालीलाई छाडेर भाग्दिँन । म भाग्नलाई जन्मेको हैन । म झुक्नलाई जन्मेको हैन । बरु म मर्छु तर तपाईंहरुको अगाडि नै मर्छु ।’

प्रसाईंले तीनकुने घटनाबारे यथार्थ बुझिदिन आग्रह गर्दै पत्रकारलाई जिउँदै आगो लगाइएको, घरमा प्रहरीहरु तैनाथ राखिएको विषयमा सत्यतथ्य बाहिर ल्याइदिन पनि अनुरोध गरे । उनले कसैलाई गोली हान्न, घरमा आगो लगाउन, निजी सम्पत्ति तोडफोड गर्न, सुरक्षाकर्मीमाथि जाइलाग्न आदेश नदिएको जिकिर पनि गरेका छन् । उनले भनेका छन्, ‘बरु एयरपोर्ट कब्जा गरौं । संसद् भवन कब्जा गरौं तर मान्छेका घरमा आगो लगाउने, तोडफोड गर्ने काम नगर साथीहरु भनेर भनेको छु । जुन घटना भएको सोप्रति भने म दुःख व्यक्त गर्न चाहान्छु ।’

तीनकुने घटनामा पाँच जनाको मृत्यु भएको दाबी गर्दै प्रसाईंले बाँकीको मृत्युको विवरण पनि सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *