राजा र राजावादीविरुद्ध सत्तापक्ष-प्रतिपक्ष दुबै सडकमा, कांग्रेसले आवश्यक ठानेन

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

राजा र राजावादीका सक्रियताविरुद्ध प्रतिपक्षदेखि सत्तापक्ष दलहरूले शृङ्खलाबद्ध रूपमा सडक आन्दोलनको घोषणा गरेका छन्। सत्तारूढ दल नेकपा (एमाले) ले भाेलि  चैत ११ गतेदेखि आन्दोलनको घोषणा गरेको छ।

चैत ११ गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग केन्द्र र जिल्लास्तरमा अन्तर्संवाद कार्यक्रम आयोजना गर्ने एमालेको तयारी छ।

यस्तै १८ गते काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरणसभा आयोजना गर्ने र जागरणसभा नहुने जिल्लाका हकमा बृहत् मोटरसाइकल र्‍याली गर्ने कार्यक्रम बनाएको छ।

२४ देखि ३० गतेभित्र धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभाको आयोजना गर्ने एमालेले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *