चन्द्र भण्डारी भन्छन्: दलहरू कै कुकर्म का कारण १० हजार मानिस सडकमा निस्किँदा तर्सिने स्थिति हामीले नै बनाएका हौँ

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले १०/१५ हजार मानिस सडकमा उत्रिँदा डराउनुपर्ने स्थिति नेताहरू आफैले सिर्जना गरेको टिप्पणी गरेका छन्। स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवसका अवसरमा  काठमाडौँमा आयोजित  कार्यक्रममा बोल्दै नेता भण्डारीले यस्तो टिप्पणी गरेका हुन्।

‘यत्रो प्रजातन्त्र ल्याएर हामीले शासन गर्‍यौँ त। मन्त्री भयौँ त, आफ्ना मन लागेकालाई मन्त्री बनाएका होइनौँ ? आफ्ना मन लागेकालाई टिकट दिएका होइनौँ? तिनले के परिवर्तन गरे ?,’ नेता भण्डारीले भने, ‘वरिपरि गरिब राखेर बिचमा ठुलो घर बनाउने भन्दा वरिपरि गरिबको ठुलो घर बनाएर आफ्नो घर बनाएको भए आज हामी कहाँ पुग्थ्यौँ ? यही हो कुरा ।’

त्यही भएकाले आज असन्तुष्टि चुलिएको उनले बताए । उनले भने, ‘आज सडकमा १०/१५ हजार मानिसको जुलुस निस्किदा हामी किन तर्सिरहेका छौँ भन्दा हामीसँग केही खोट छ, त्यहाँ केही कमजोरी छ। हामीले बदमासी गरेका छौँ, त्यसैले हामी डराइरहेका छौँ।’

आफू भने नडराएको भण्डारीले दाबी गरे । ‘हामी किन डराएका छैनौँ भन्दा हामीले जीवनमा कुनै खोट गरेका छैनौँ। हामी कांग्रेस बनाउन सक्छौँ, प्रजातन्त्रको रक्षा गर्न सक्छौँ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *