नेपालगन्जमा पनि जलाइयो दाहालको तस्बिर

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा कार्यकर्ताहरूले नेपालगन्जमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिर दहन गरेका छन्। आइतबार साँझ नेपालगन्जमा राप्रपा समर्थकहरूले तस्बिर दहन गरेका हुन्। राप्रपाका अनुसार युवा नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेपछि त्यसको विरोधस्वरूप तस्बिर जलाइएको हो।

प्रहरीले बमलाई दाहालको तस्बिर जलाएको आरोपमा पक्राउ गरिएको थियो। बम आज बिहान भरतपुर विमानस्थलबाट पक्राउ परेका थिए। उनी पक्राउ परेपछि अध्यक्ष दाहालले नै तस्बिर जलाउँदैमा पक्राउ गरिनु गलत रहेको बताएका थिए। आइतबार (आज) साँझ जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा दुईपक्षीय छलफलपछि उनी रिहा भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *