इराकी प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीले सैन्य कारबाहीमा इराक र सिरियामा इस्लामिक स्टेट (आईएस) का एक वरिष्ठ नेता मारिएको दाबी गरेका छन्। इराकी राष्ट्रिय गुप्तचर सेवाले अमेरिकी नेतृत्वको गठबन्धन सेनासँगको सहकार्यमा यो अपरेसन गरेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना निडर योद्धाहरूले उनीहरूलाई अथक रूपमा पछ्याएको जिकिर गरेका छन् । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले एक्समा यस कारबाहीको एउटा भिडियो पोस्ट गरेको छ । यो आक्रमण बिहीबार इराकको पश्चिमी अल अन्बर प्रान्तमा गरिएको बताइएको छ।
रिफाले आईएसको सबैभन्दा वरिष्ठ निर्णय लिने निकायको नेतृत्व गरेको र आईएसको विश्वव्यापी सञ्चालन र योजनाको लागि जिम्मेवार रहेको अमेरिकी केन्द्रीय कमान्डले बताएको छ। उनले विश्वव्यापी आईएस संगठनको लागि कोषको ठुलो हिस्सा पनि व्यवस्थापन गर्थे।