बेपत्ता रोशनीकाे खाेजि गरिदिन परिवारकाे आग्नह

अन्तराष्ट्रिय मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

राजविराज । भारतको उत्तर प्रदेश स्थित प्रयागराजमा लागेको विशाल महाकुम्भमा स्नान पश्चात अयोध्या स्थित रामन्दिर दर्शन गर्न परिवार सहित पुगेकी सप्तरीकी एक युवती वेपत्ता भएको बुधवार २६ दिन पुगेको छ । तर अहिले सम्म पत्तो छैन ।

सप्तरीको राजविराज नगरपालिका ७ हटिया की २० वर्षिया रोशनी कुमारी साह यसरी वेपत्ता भएकी हुन । रोशनी मधेश आन्दोलनका शहिद स्व.दिलिप साहकी आफ्नै भतिजी हुन । रोशनीका परिवार, आफन्तजन र साथी भाई समेत फोटो बोकेर सम्भावित स्थानहरु आफै खोजीमा भौतारिएका छन । आमा फुलकुमारी, बुवा विरेन्द्र र दाजु विकास संगै फागुन ३ गते शनीवारका दिन राममन्दिर दर्शन पश्चात फर्किदै गर्दा मन्दिरको ३ नंं.गेटमा अचानक उर्लिएको भीडमा उनी सम्पर्क विहीन भएको परिवारजनको भनाई छ ।

”बिहान ८ बजेको समय थियो, मन्दिरमा निकै भीडभाड थियो, फर्किने क्रममा ३ नं. गेट नजिकै जुत्ता चप्पल राखेको ठाउँमा पुग्दा छोरी रोशनी भीडमा वेपत्ता भइन, बुवा विरेन्द्रले भने–तत्कालै भारतीय प्रहरीको खोयापाया केन्द्र (हराएको ब्यक्ती सुचना दिने केन्द्र) मा जानकारी गराए, तर एक महिना हुन लाग्दा पनि कुनै पत्तो लाग्न सकेको छैन ।

हराएको दिन बिहान ८ः३० बजे रोशनी दन्ता बनकुण्ड तीर गइरहेको सीसी टीभी फुटेजमा देखिएको थियो ।

मंगलवार राजविराज फर्किएका परिवारजनले खोजतलासका क्रममा लामो समय सम्म अयोध्यामा वस्दा पनि कतैबाट कुनै सुराक फेला पार्न नसकिएको र निराश भई फर्किएको सुनाए । परिवारजनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, भारतीय प्रहरीको एसएचओ अभिमन्यु शुक्ला, सिओ अरुण श्रीवास्तव र सिएएसइआइओ आशुतोष तिवारी लगायतका प्रहरीका उच्च अधिकारी समेतलाई भेटेर खोजतलासका लागी सहयोग गर्न आग्रह गरेका थिए । तर अहिले सम्म सफलता मिल्न सकेको छैन । भारतीय प्रहरीले उत्तर प्रदेशका ८४ वटा थाना क्षेत्रमा रोशनीको चित्र अंकित पोस्टहरु समेत पर्खालहरुमा टाँसेर खोजतलास गरिरहेको साह परिवारले जानकारी दिए । भारतीय प्रहरीले मन्दीर परिसर तथा आसपासका सीसीटीभी क्यामेराका फुटेज पनि नियालेका छन ।

जसमा उक्त दिन कालो सुरुवाल, गुलावी कुर्ता र सेतो स्वेटर लगाएकी रोशनी कालो ब्याग झुण्ड्याएर मन्दिरको ५ सय मिटरको दुरीमा रहेको दन्ताबनकुण्ड तर्फ बढी रहेको र सेतो टिसर्ट लगाएका तीन जना युवक एक आपसमा केही इशारा गर्दै उनलाई पच्छाइरहेको स्पस्ट देखिन्छ् । कुन्डको गेट भित्र प्रवेश गरेपछी भने सीसीटीभी क्यामेरा जडान नभएका कारण त्यसपछीको अवस्था बुझ्न कठिन भएको भारतीय प्रहरीको भनाइ रहेको छ । यद्धपी रोशनीको हुलीया सर्कूलर गर्नूका साथै ८४ वटा थाना क्षेत्रमा पोस्टर समेत टाँस गरी खोजी कार्य जारी राखेको भारतीय प्रहरीलाई उद्यत गर्दै साह परिवारले जनाएको छ ।

सीसीटीभी फुटेजमा देखिएको रोशनीलाई पच्छाई रहेका तीन जना युवकले अपहरण गरेको हुन सक्ने आशंका समेत ब्यक्त गर्दै परिवारजनले सो कोणबाट पनि अनुसन्धान तथा रोशनीको अवस्था पत्ता लगाई सकुशल उद्धारमा सहयोग गर्न सबैसँग अपिल गरेका छन ।

यस क्रममा साह परिवारले मधेश प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहलाई समेत भेटेर सहयोगका लागी भारत सरकार संग पहल गर्न आग्रह गरेका छन । रोशनीले प्रयोग गरेको मोवाईल सो दिन संयोगवश अभिभावक सित नै छाडेकाले मोबाइलको प्राविधीक पक्षबाट अनुसन्धान गर्ने पाटो पनि बन्द भएको भारतीय प्रहरीहरुले बताएको परिवारजनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले तीर्थयात्राका लागि भारतको अयोध्या पुगेकी राजविराजकी रोशनी सम्पर्कबिहीन भएको भनी परिवारजनबाट जानकारी प्राप्त भएको तथा भारतीय प्रहरी अधिकारीहरुसँग समन्वय गरि खोजतलासमा सहयोग गर्न पहल गरेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *