चारदेशीय टी-२० आई सिरिज

अन्तराष्ट्रिय मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

युगाण्डामा जारी चारदेशीय टी-२० आई सिरिजमा नेपालले तेस्रो हार बेहोरेको छ । युगाण्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आफ्नो चौथो खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको हो । युगाण्डामा जारी वुमन्स डे कपमा नेपाल नामिबियासँग फेरि पराजित भएको हो । १२६ रनको लक्ष्य पछ्याएको नेपाल पाँच विकेटको क्षतिमा १०२ रनमा समेटिन पुग्यो । यसअघि पहिलो चरणमा पनि नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो ।

यो हारसँगै नेपालको फाइनल खेल्ने सम्भावना कमजोर बनेको छ । चार टोली सहभागी प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालका लाागि ओपनर साना प्रवीनले सर्वाधिक ३१ रन बनाइन । उनले ३७ बलमा एक चौका प्रहार गरिन । पूजा महतो र कप्तान इन्दु बर्माले समान १५ रन जोड्न सफल भए ।

पूजाले १४ बलमा दुई चौका र इन्दुले १५ बलमा एक चौका प्रहार गरिन भने  सम्झना खड्का सात बलमा दुई रनमात्रै जोडेर आउट भइन भने रुविना क्षेत्रीले १६ बल खेल्दा सात रनमात्र जोड्नु सकिन  । कविता जोशी १७ र ममता चौधरी आठ रनमा नटआउट रहे । नामिबियाका लागि साइमा तुहादेलेनी, मेकेले मवातीले, विल्का मवातिले समान एक विकेट लिँदा एवलिन केजकुवाले दुई विकेट लिइन ।

त्यसअघि नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले पूरै ओभर खेल्दै आठ विकेटको क्षतिमा १२५ रन बनाएको थियो । नामिबियाका लागि यासमीन खानले सर्वाधिक ४५ रन जोड्न सफल भइन । ओपनर सुने विटम्यानले १५ र कायलीन एन ग्रीन आठ रनमा आउट भए  । मर्सर्ली गोरासेस चार, सिल्विया शिहेपो एक र एडेल वान जिल शून्य रनमा आउट भए भने  मेकेले मवाति पाँच रन र विल्का मवाती २० रनमा आउट भए अर्रास्टा डायरगार्ड १६ रनमा नटआउट रहिन ।

चार ओभरमा ४० रन खर्चिएकी ईश्वरी विष्टले तीन विकेट लिइन , रचना चौधरीले चार ओभरमा मात्रै नौ रन खर्चिंदा दुई विकेट हात पारिन । रिया शर्मा र इन्दु बर्माले समान एक–एक विकेट हात पारिन समान चार ओभरमा इन्दुले २० रन र रियाले २६ रन लिइन ।

अब नेपालले युगाण्डासँग आज बिहीबार र हङकङसँग भाेलि शुक्रबार खेल्नेछ । यसअघि हङकङसँग दुई रनले पराजित हुँदा युगाण्डालाई एक विकेट हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *