देशैभरिको मौसम बदली, दिउँसो दुई प्रदेशमा वर्षा र हिमपात हुने

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ।

दिउँसो सातै प्रदेशमा बदली हुने महाशाखाको पूर्वानुमान छ। त्यस्तै कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी र बागमतीकै हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने पनि सम्भावना रहको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *