पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार बागलुङ पुगेका छन् । त्यहाँ पुगेर उनले कालिका भगवती मन्दिरको पूजा–अर्चना गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह त्यहाँ पुग्दा राप्रपाका नेता, कार्यकर्ता, सर्वसाधारण, शुभेच्छुक तथा समर्थकहरूले स्वागत गरेका थिए । उनीहरूले ‘राजा आऊ देश बचाऔँ’, ‘हाम्रो राज प्राणभन्दा प्यारो छ’, ‘हिन्दु राज्य कायम होस्’, लगायतका नारा लगाएका थिए ।