दक्षिण बोलिभियाको राजमार्गमा भएको सडक दुर्घटनामा ३७ जनाको मृत्यु भएको छ । करिब ४० जना घाइते भएका छन् । दुई वटा बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनाको कारण खोजी भइरहेको छ । पुलिस कमान्डर विल्सन फ्लोरेसले उयुनी र कोलचाबिचको राजमार्गमा दुर्घटना भएको बताए। उयुनीबाट करिब ५ किलोमिटर पर दुर्घटना भएको बस ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो पर्व मध्येको एक प्रसिद्ध ओरो कार्निभल आयोजना भइरहेको ओरुरो सहरतर्फ जाँदै थियो ।
उक्त कार्निवलमा सहभागी हुन गएका मानिसहरू दुर्घटनाको सिकार भएका थिए । यस कार्निवलमा हजारौँ मानिस सहभागी हुन्छन्। प्रहरीले दुवै चालकको मदिरा परीक्षणको रिपोर्ट पर्खिरहेको छ । रिपोर्ट पोजेटिभ आएमा चालकलाई कडा कारबाही गरिने छ ।