पोखराको न्यूरोडमा भीषण आगलागी

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ । शुक्रबार राति करिब साढे ७ बजेको समयमा न्यूरोडस्थित श्यामा श्याम ट्रेडर्समा आगलागी भएको हो ।

पोखरा महानगरपालिकाको दमकल, सुरक्षाकर्मी र सर्वसाधारणको प्रयासमा करिब १ घण्टापछि आगो नियन्त्रणमा आएको थियाे  । आगलागी के कति कारणले लागेको हो भन्ने खुलेको छैन ।

क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । श्यामा श्याम ट्रेडर्स इन्भर्टर, ब्याट्री, सोलार, टिभी, कम्प्युटर लगायत सामानको बिक्री तथा मर्मत सेन्टर हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *