उपत्यकासहित पहाडी भू-भागमा वर्षा भाेलीदेखि मौसम सफारहने

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अहिले काठमाडौँ उपत्यकासहित देशका पहाडी भू–भागमा हल्का वर्षा भइरहेको जनाएको छ। महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार अहिले उपत्यकासहित सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

उनका अनुसार, “अहिले काठमाडौंको त्रिभुवन विमानस्थल क्षेत्र, गोङ्गबु ,कालिमाटी लगायतको क्षेत्रसहित गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागको केही ठाउँमा वर्षा भइरहेको छ।” पहाडी भू–भागमा शुक्रबार राति पनि वर्षा हुने पूर्वानुमान गरिएको उनको भनाइ छ।

न्युन चापीय प्रणालीको प्रभावका कारण कमवर्षा  भए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्चपहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको बिभागले जनाएकाे छ ।

पुडनसैनीका अनुसार शनिवार  उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। सबै प्रदेशको पहाडी भू–भागको थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाेछ।

आइतबारदेखि भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। आइतबार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेका हिमाली क्षेत्रमा आंशिक बदली रहने तथा अन्य क्षाेत्रमा मौसम मुख्यतया सफा रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *