केबलकार निर्माण खारेजीः वार्ताटोली गठन सडकबाट गृहमन्त्रीको राजीनामा माग

ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ)मा केबलकार निर्माण खारेजीको माग गर्दै आन्दोलन गरिरहेको समूहले वार्ता टोली गठन गरेको छ । सरकारले हिजो गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेर संवादको निम्ति औपचारिक आह्वान गरेपछि आज आन्दोलनरत समूहले प्राज्ञ अमर तुम्याहाङको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । टोलीमा शंकर लिम्बु, राम मादेन, सरस्वता सिंगक सदस्य […]

Continue Reading

सामाजिक सञ्जाल प्लेटफर्मलाई दर्तागर्न आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्मलाई दर्ता हुन आग्रह गरेको छ । मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित बनाउन दर्ता गर्न लागिएको जनाएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने वा सञ्चालनमा रहेका व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण हुनुपर्ने व्यवस्था छ । […]

Continue Reading

सरस्वतीको पूजा आराधना विधिपूर्वक सम्पन्न

विद्या प्राप्तिको कामना गर्दै आज विधिपूर्वक सरस्वती देवीको पूजा, आराधना गरिएको छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ का अवसरमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरिन्छ । पूजा, आराधनाका लागि बिहानैदेखि देशभरका सरस्वती मन्दिरमा भक्तजनको भीड लागेको थियो । आजका दिन निष्ठापूर्वक सरस्वतीको पूजा-आराधना गरेमा विद्या प्राप्त हुने शास्त्रीय मान्यता छ […]

Continue Reading

सुरी भीरमा ओखलढुङ्गाकै पहिलो ‘रक क्लाइम्बिङ’

ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा साहसिक खेल रक क्लाइम्बिङ गर्न पाइने भएको छ । खिजिदेम्बा गाउँपालिकामा जिल्लाकै पहिलो रक क्लाइम्बिङ सेन्टरको निर्माण कार्य अन्तिम चराणमा पुगेको छ । गाउँपालिकाको वडा नं. १ र ३ को सिमानामा रहेको सुरी भीरमा रक क्लाम्बिङ सेन्टर निर्माण गरिएको हो । साहसिक खेलकुद तथा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले गाउँपालिकाको पर्यटन सद्भावना दूत सगरमाथा […]

Continue Reading

चार सञ्चार माध्यमको कारबाही फुकुवा

प्रेस काउन्सिल नेपालले कालो सूचीमा राखेर कारबाही गरेका चार वटा सञ्चार माध्यमको कारबाही फुकुवा गरेको छ । काउन्सिलका सूचना अधिकारी सहप्रशासकीय अधिकृत रामशरण बोहराका अनुसार दर्ता र सूचीकरण नभई चलेका ५४ युट्युब च्यानल र पाँच वटा फेसबुक पेजलाई थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाइएको छ । काउन्सिलले  विज्ञप्ति जारी गरी टिभी […]

Continue Reading

मस्कोमा विस्फोट हुँदा एकको मृत्यु, चार घाइते

रूसको राजधानी मस्कोको एक अत्याधुनिक आवासीय भवनमा सोमबार भएको विस्फोटमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका छन् । रूसी सरकारी सञ्चारमाध्यमका अनुसार आक्रमणमा पूर्वी युक्रेनका एक पूर्व बक्सिङ अधिकारी आर्मेन सार्किसियन पनि घाइते भएको बताइएको छ । सार्किसियनले किएभविरुद्ध लड्न बटालियन स्थापना गरेका थिए  । युक्रेनविरुद्ध पूर्ण आक्रमण सुरु गरेदेखि […]

Continue Reading

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

सिरियाको उत्तरी सहर मानबिज नजिकै सोमबार भएको कार बम विस्फोटमा परी १५ जनाको मृत्यु भएको सिरियाको सरकारी समाचार संस्था सानाले जनाएको छ ।आक्रमणमा १४ महिला एक पुरूष गरी १५ जनाको मृत्यु भएको र सोही सङ्ख्यामा घाइते भएको सिरियाली सञ्चारमाध्यमले जनाएका छन् । ह्वाइट हेल्मेट उद्धारकर्तालाई उद्धृत गर्दै सानाले लेखेको छ, स्थानीय सडकमा ‘नरसंहार’ भएको र […]

Continue Reading

इजरायलद्वारा १८३ प्यालेस्टिनी कैदी रिहा

हमाससँग जारी युद्धविराम सम्झौताअन्तर्गत चौथो बन्धक आदानप्रदानमा इजरायलले १८३ प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ । प्यालेस्टिनी स्रोतका अनुसार प्यालेस्टिनी कैदी क्लबका प्रमुख अब्दुल्लाह जाघारीले इजरायली अधिकारीले रिहा गरिएका कैदीहरूलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरेका छन् । मुक्त गरिएका कैदीहरूमध्ये १५० गाजापट्टीका, ३२ वेस्ट बैंकका र बाँकी एक, जसको इजिप्टको नागरिकता छ । पश्चिम बैंकका कैदीहरूलाई […]

Continue Reading

छैन सिंहदरबारभित्र मेलम्चीको पानी,पाइपलाइन जोड्न आनाकानी

२०७७ साल चैत २० गते पहिलो पटक काठमाडौँमा मेलम्चीको पानी वितरण सुरु भएतापनि  चार वर्ष पुग्न लाग्दासमेत सिंहदरबारस्थित   विभिन्न सरकारी कार्यालयमा अहिलेसम्म मेलम्ची खानेपानी आयोजनाको पाइप जडान गरिएको छैन । यी कार्यालयमा बोरिङ, ट्याङ्कर, जार र बोतलका पानी किनेर प्रयोग गर्ने गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता प्रेमप्रसाद आचार्यले यस कार्यालयमा पनि अहिलेसम्म […]

Continue Reading

नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयक संसदमा, सेवाप्रदायक र नियामक छुट्टिँदै

हवाई क्षेत्रको नियामक र सेवाप्रदायक छुट्याउने गरी सरकारले दुई विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ । हालको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजन गरी फरक दुई निकाय बनाउने गरी विधेयक दर्ता गरिएको हो । सरकारले दोस्रो पटक विधेयक संसद्मा पुर्‍याएको हो । यसअघि २०७६ फागुनमा पनि विधेयक सङ्घीय संसद्को माथिल्लो सदनमा दर्ता गरी २०७९ असोजमा पारित भएको थियो । […]

Continue Reading