बिबादै बिबादकाे घेरामा चन्द्र ढकाल

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

फेक फेसबुकमा नक्कली आइडी बिबाद

निरन्तर विवादमा तानिंदै आएका विबादित व्यापारी चन्द्र ढकालले आफ्नो पक्षमा माहोल बनाउन ‘फेक फेसबुक अभियान’ सञ्चालन गरेको पाइएको छ।‘ग्लोबल नागरिक’ मा प्रकाशित “आफू विरुद्ध समाचार लेख्ने मिडियालाई चन्द्र ढकालको अफरै-अफर” शिर्षकको समाचारमा आएका टिप्पणीहरू विश्लेषण गर्दा ढकालको बचाउमा नक्कली फेसबुक अकाउन्टहरू सक्रिय भएको देखिएको छ।

विशेष गरी राई-लिम्बू थर उल्लेख गरिएका फेक अकाउन्टहरू मार्फत ढकाल समर्थित समूहले संगठित रूपमा ढकालको गलत कृयाकलापको आलोचना रोक्ने, मिडियामा प्रकाशित समाचारलाई गलत देखाउने र पाथिभरा (मुकुमलुङ) जनजाति समुदायको आस्थाको केन्द्र समेत रहेकाले जनजाती समुदायको समर्थन देखाउने प्रयास गरिरहेका छन्।
यस सन्दर्भमा आइटी विशेषज्ञ भन्छन् – ‘यी टिप्पणीहरूमा एउटै लेखनशैली, फेक अकाउन्ट, समान प्रकारका सन्देश, र समन्वित गतिविधि पाइएकाले यो साइबर रणनीति नियोजित र प्रायोजित रहेको पुष्टि हुन्छ।’आफू विरुद्ध समाचार प्रकाशन गर्ने मिडियालाई अफरै-अफर

दिनदिनै विवादको दलदलमा डुब्दै गएका विबादित व्यापारी चन्द्र ढकाल आफू विरुद्ध समाचार प्रकाशन गर्ने मिडियालाई अफरै-अफर बाँढन लागेका छन्। पछिल्लो समय विभिन्न आर्थिक अनियमितता र शक्ति दुरुपयोग गर्दै ताप्लेजुङको पाथिभरा मन्दिरमा केवलकारको नाममा लुटधन्दा चलाउन खोजेको आरोपमा घेरिएका ढकालले आफ्ना आलोचक मिडियाहरूलाई तटस्थ बनाउन बिभिन्न अफरको सहारा लिएको चर्चाले मिडिया क्षेत्रमा तरंग उत्पन्न गरेको छ।

सूत्रहरूका अनुसार, लामो समय देखि केही ठुला भनिने मिडिया हाउसहरूलाई विज्ञापन, मोटो रकम तथा अन्य सुविधा दिएर नकारात्मक समाचार प्रकाशन रोक्न सफल चन्द्र ढकाल पछिल्लो समय पाथिभरा केवलकारको विवादलाई केहि मिडियाले नियमित प्रकाशन तथा प्रशारण गर्दा आफू नाङ्गिदै गएको महसुस गरेपछि मिडिया सेटिङ्गमा आफैं लागिपरेका छन्। केही दिन देखि आइएमई ग्रुपको कार्यालय पानीपोखरीमा मिडियाकर्मीहरुलाई बोलाउदै आफुलाई सहयोग गरे मिडियालाई पनि सहयोग गर्ने आश्वासन दिइरहेका छन्। केही दिन देखि आइएमई ग्रुपको कार्यलय पानीपोखरीमा मिडियाकर्मिहरुको चलपहल बाक्लो हुँदै गएको देखिन्छ। मिडिया सेटिङ्गमा चन्द्र ढकाल मात्रै होइनन् उनका प्रतिनिधिहरूले व्यक्तिगत भेटघाटमार्फत् समेत विभिन्न अफर प्रस्ताव गरिरहेका छन्। यो प्रयासले पत्रकारिता जगतमा नै ठूलो तरंग उत्पन्न गरेको छ भने पत्रकारिता क्षेत्रको विश्वासनियता माथी गम्भीर प्रश्न चिन्ह खडा गरेको छ।

केही मिडियाहरूले यस्ता अफर अस्वीकार गर्दै स्वतन्त्र र सत्य समाचार प्रकाशनमा प्रतिबद्ध रहेको जनाएका छन्। यद्यपि, केही सञ्चार माध्यमहरू भने आर्थिक प्रलोभनमा परेर ढकाल सम्बन्धी समाचारहरूमा नरम हुँदै गएको देखिन्छ। नेपाली टेलिभिजनको क्षेत्रमा स्थापित २ टेलिभिजन खरो रुपमा ढकालको कर्तुतको पर्दादास गर्दै आइरहेकोमा पछिल्लो समय मौन हुनुले सेटिङ्ग मिलेको चर्चा हुन थालेको छ।

आफ्नो प्राइभेट कम्पनीको स्वार्थ पूरा गर्न ढकालले पब्लिक कम्पनीको दुरुपयोग गरेको पाइएको छ। उनले मिडियाको सेटिङ मिलाउन ग्लोबल आइएमई बैंक लगायत अन्य पब्लिक कम्पनी मार्फत करोडौं रुपैयाँ बिज्ञापनको नाममा बाँढेका हुन्। ढकालको सेटिङ्गमा लाखौंको बिज्ञापन पाएपछि दंग परेका मिडियाहरु मौन छन्। ग्लोबल आइएमई बैंक तथा आइएमई मनिट्रान्सफरको बिज्ञापन हालेका अपवाद बाहेकका कुनैपनी मिडियाले चन्द्र ढकाल बारे समाचार प्रकाशित गरेको देखिंदैन्।

यस विषयमा चन्द्र ढकाल र उनको टोलीसँग सम्पर्क गर्न खोज्दा कुनै प्रतिक्रिया प्राप्त हुन सकेन्। तर, मिडिया स्वतन्त्रतामाथि यस किसिमका प्रलोभन र दबाबले गम्भीर प्रश्नहरू उठाएको जानकारहरु बताउँछन्।

२४ लाखमा किनेर  ३६ करोडमा बिक्री गरे याेगेसले जग्गा

ताप्लेजुङको प्रसिद्द धार्मिक स्थल पाथीभरा क्षेत्रमा निजी कम्पनीले निर्माण गर्न लागेको केबलकारका बिषयमा एमाले नेतृत्वको सरकारनै किन बलजफ्ती गर्दैछ भन्ने रहस्य बाहिरिएको छ।

एमाले नेता तथा सांसद योगेश भट्टराई (श्रीमतीको नाममा), इश्वरी पौडेल लगायतका व्यक्ति मिलेर काफ्लेपाटीमा बन्न लागेको केवलकार स्टेसनमा सो कुरा बाहिर आउनुभन्दा केही समय पहिले २४ लाखमा जग्गा खरिद गरे । पाथिभरामा केवलकार बनाउन साथ दिने र सहयोग गर्ने सर्तमा केहि समयपछि उक्त जग्गा व्यापारी चन्द्र ढकालको निजी कम्पनीलाई ३६ करोडमा बिक्री गरेको तथ्य पाथिभरा संरक्षण समितिका सदस्य पृथ्वी लिम्बुले पत्रकार ऋषि धमला सँगको रेडियो अन्तरवार्तामा बताएका छन् । यसरी पाथीभरामा जुनसुनै हालतमा केबलकार बनाएरै छाडने एमाले सांसद योगेश भट्टाराईको अडान र ओली नेतृत्वको सरकारले ताप्लेजुङमा देखाएको बर्बर दमनले समेत राजनिती नेतृत्व र विबादित व्यापारी ढकाल बिच ठुलै साँठगांठ  रहेको देखाएको छ।

उक्त तथ्यबाट पनि एमाले सांसद भट्टराई र सरकारको नेतृत्व गरिरहेको एमालेनै पाथिभरामा केबलकार बनाएरै छाड्ने र केबलकार परियोजनामार्फत् अस्वाभाविक व्यापार गर्ने दाउमा छन् भन्ने देखिएको छ।

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयमा उत्पन्न भएको विवादले पूर्वी नेपाल महिनौंदेखि अशान्त छ। पाथीभरामा केबलकार बनाउन नहुने माग गर्दै आएको (‘नो केबलकार’) पक्षदेखि देशभरका सांसदहरुले समेत पाथीभरा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण सुरु गरिएको भन्दै उक्त कार्य तत्काल रोक्न माग गरिरहेका छन्। तर, उक्त क्षेत्रमा केबलकार बनाएरै छाड्ने व्यापारी चन्द्र प्रसाद ढकालको बलजफ्तीका कारण मुक्कुम्लुङ तनावग्रस्त बनेको छ।

केहि दिनअघि सरकार र मुकुम्लुङ बचाउ अभियान (‘नो केबलकार’) पक्षबीच भएको ६ बुंदे सम्झौता विपरित निर्माण कार्य पुन: संचालन गरेपछि केबलकार निर्माणको विरोधमा स्थानीय जनता र सभ्यता बचाऊ अभियानको दोश्रो चरणकोआन्दोलन चर्किएको छ।

पछिल्लो केहिदिन यता पाथीभरा क्षेत्रमा भएको सरकारको ज्यादतीलाई स्थानीयले राज्य आतंकको संज्ञा दिएका छन्। स्थानीय जनताले नै उक्त क्षेत्रमा केबलकार बन्न हुन्न भन्ने तथ्यसहित मुक्कुम्लुङको सभ्यता बचाइराख्न आग्रह गर्दासमेत केपी शर्मा ओली नेतृत्वको सरकार आँफै निजी परियोजनामा किन बलजफ्ती गरिरहेको छ भन्ने शंका उत्पन्न भएको बेला एमाले सांसद तथा पुर्व मन्त्री योगेश भट्टराई पत्नी समेतको २४ लाख पर्ने जग्गा ३६ करोडमा ढकालले किनिदिएको कुरा सार्वजनिक भएको छ। तर, यस विषयमा सांसद भट्टराईले भने अस्विकार गरेका छन्।

यता, राज्यसत्ताको चरम दुरुपयोग गरी शक्तिसाली एवं प्रसिद्द तिर्थस्थलमा धार्मिक पद्दति र परम्पराको समेत धज्जी उडाउँदै स्थानीयको सहमति बिना जबर्जस्ती परियोजना अघि बढाउन खोजिएपछि सरकार नागरिकको कि व्यापारी चन्द्र ढकालको भन्ने प्रश्न उब्जाएको छ।

आफ्ना माग राख्ने जनतामाथि सरकार बर्बर रुपमा प्रस्तुत भएपछि कतिपय सांसदहरुले यो बिकास परियोजना नभई केही ठूला राजनीतिक तथा व्यावसायिक घोटालाको सिलशिला भएको जिकिर समेत गरेका छन्।यस विषयमा थप बुझ्न हामीले चन्द्र ढकाललाई बारम्बार सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।

साभारः ‘ग्लोबल नागरिक’

Leave a Reply

Your email address will not be published. Required fields are marked *