प्रचण्डकी छोरी मेयर बनाउनु कांग्रेसकाे ठुलो गल्ती : शशांक

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले चितवन महानगरपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई मेयर बनाउन सभापति शेरबहादुर देउवाले ठुलो गल्ती गरेको बताएका छन्। महेन्द्रनारायण निधिको १०४ औँ जन्म जयन्तीका अवसरमा  जनकपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन्।

‘चितवनमा शेरबहादुरजीले ठुलो गल्ती गर्नुभयो, प्रचण्डको छोरीलाई मेयर बनाउन उहाँले हाम्रो उम्मेदवार नै दिनुभएन,’ पूर्व महामन्त्री कोइरालाले भने, ‘त्यसले ठुलो घात भएको छ। आजको मितिमा नेपाली कांग्रेस जुन शक्तिशाली थियो, अहिले तितर बितर भएको छ।’

त्यति बेला आफूले सभापति देउवालाई गल्ती गरेको कुरा स्मरण गराएको पनि उनले दाबी गरे। ‘मैले उहाँलाई भने–शेरबहादुरजी के गर्नुभएको? उहाँले तैँले बुझ्दैनस् यो राजनीति हो भन्नुभयो,’ कोइरालाले भने।

त्यसपछि आफूले ‘कस्तो राजनीति ?’ भनेर प्रतिप्रश्न गरेको सुनाए। उनले भने, ‘मैले भने–यो कस्तो राजनीति हो? प्रहार आफ्नै साथीहरूलाई गर्नुहुन्छ ? यो त ठिक भएन भनेर मैले भने।’  सभापति देउवाले कसरी सोचे त्यो उनकै विषय रहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *