उडिरहेको विमानमा शवसँगै चार घण्टा बसेका अर्का यात्री के भन्छन् ?

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

उडिरहेको विमानमा अचानक कुनै यात्रीको मृत्यु भएको खण्डमा के गरिन्छ भन्नेबारे धेरैलाई जानकारी नहुन सक्छ । यस्तो अनुभव भोग्नु नपरोस् भन्दाभन्दै पनि कहिलेकाहीँ झेल्नुपर्ने हुन सक्छ ।

हालै मेलबर्नबाट दोहातर्फ जाँदै गरेको कतार एयरवेजको उडानमा एक महिला यात्रीको स्वास्थ्य अवस्था अचानक बिग्रियो । चालक दलका सदस्यले विभिन्न प्रयत्न गर्दा पनि ती महिलालाई बचाउन सकेनन् ।

उडानकै क्रममा ती महिला यात्रीको मृत्यु भएपछि शवलाई बिजनेस क्लासतर्फ लैजान चालक दलका सदस्यले प्रयास गरे । साँघुरो बाटो र शवको वजन बढी भएका कारण यो प्रयास सफल हुन सकेन ।

सोही विमानमा सवार मिशेल रिङ्ग र जेनिफर कोलिन बसेकै छेउमा दुई सिट खाली थिए । चालक दलका सदस्यले उनीहरूलाई खाली सिटमा पठाएर उनीहरू बस्दै आएको सिटमा शव राखिदिए ।
त्यसपछि चार घण्टासम्म शवका साथ आफूहरूले विमानमा यात्रा गर्नु परेको रिङ्गले बताए । यो आफ्नो जीवनकै सबैभन्दा खराब अनुभव रहेको उनको भनाइ थियो ।
कतार एयरवेजले उडानका क्रममा निधन भएका यात्रुका परिवारप्रति आफ्नो समवेदना रहेको जनाएको छ । उक्त घटनाबाट भएको असुविधाप्रति खेद प्रकट गरेको पनि एयरवेजले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *