नेपाल र एमसीसीबीच २९ भदौ २०७४ मा सम्झौता भई परियोजना कार्यान्वयनको प्रक्रिया अघि बढाइएको थियो।तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेशअनुसार एमसीसीबाट हुने भुक्तानी सहितका सबै गतिविधि ९० दिनका लागि स्थगित गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
