ज्ञानेन्द्र शाहीको कटाक्ष : वृद्धाआश्रमलाई के बालआश्रम भन्नु त ?

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रियसभामा आफ्नो अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्। राष्ट्रियसभाको आइतबारको बैठकमा सांसदहरूले शाहीले दिएको ‘राष्ट्रियसभा वृद्धाआश्रम भएको छ’ भन्ने अभिव्यक्ति आपत्तिजनक भएको बताएपछि खेद प्रस्ताव पारित भएको थियो।

त्यसपछि शाहीले आफ्नो फेसबुक स्टाटसमार्फत कटाक्ष गरेका छन्, ‘चुनाव हारेका हरुवाचरुवालाई भर्ती गर्ने केन्द्र राष्ट्रिय सभा बनाएपछि हामीले हरुवाचरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू ?’

उनले लेखेका छन्, ‘मेरो अभिव्यक्तिविरुद्धमा खेद प्रस्ताव पारित गर्नुभन्दा जनतामा गएर चुनाव जितेर आउनुहोस्। हरुवाचरुवा वृद्राश्रममा जाने बाजेबजैलाई घरमा गएर आफ्ना नातिनतिनालाई खेलाएर बस्न भन्नुहोस्। तर राष्ट्रिय सभालाई हामी युवाहरुको र राष्ट्रको भविष्य बर्बाद गर्ने थलो नबनाउनुस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *