सर्लाहीमा बस दुर्घटना १५ जना घाइते

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, स्थित बाँके जङ्गलमा गएराती  बस पल्टिँदा १५ जना घाइते भएका छन् । लघुवित्त वित्तीय संस्थाविरुद्ध सङ्घर्ष समिति मधेश प्रदेशको आयोजनामा बर्दीबासमा आयोजित कार्यक्रममा सरिक भएर फर्किदै गरेका महिला सवार ना ७ ख ३६४३ नम्वरको बस बाँके जङ्गलस्थित घारिबथान जाने चोकमा अनियन्त्रित भएर पल्टिएको हो ।

बसमा सवार ३५ जना महिलामध्ये १५ जना घाइते भएकाे इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका प्रहरी कार्यालयले जनाएकाेछ । प्रहरीका अनुसार  घाइते सबैको अवस्था सामान्य रहेको र एक-दुई जना मध्यम घाइतेबाहेक अन्य सबैको अवस्था सामान्य छ ।

घाइते १५ जनालाई उपचारका लागि लालबन्दी बजारका अस्पतालमा लगीएको छ । घाइतेको लालबन्दीस्थित मोडेल अस्पताल र गाउँमैत्री अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी प्रहरी कार्यालयले जानकारी दिकाे छ ।  प्रहरीका अनुसार बसमा चालक र बसधनीबाहेक अन्य सबै ३५ जना महिला मात्रै सवार थिए । दुर्घटनाका पछि बसका चालक फरार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *