ललिता निवास जग्गा प्रकरणः दुई पूर्वप्रधानमन्त्रीविरुद्धको मुद्दा पूर्ण इजलासमा पठाइयो

अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

ललिता निवास जग्गा प्रकरणमा दुई जना पूर्व प्रधानमन्त्रीलाई मुद्दा नचलाउने निर्णयविरुद्धको रिट पूर्ण इजलासमा पठाइएको छ।बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउन आदेश दिएको हो।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचवर्षअघि पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो। अख्तियारको उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए।

सोही रिटमा बसेको पछिल्लो इजलासले पूर्ण इजलासमा पठाउन आदेश दिएको हो। अब उक्त रिटमा तीन वा तीनभन्दा बढी न्यायाधीशको इजलासबाट मात्रै मुद्दाको किनारा लाग्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *