तत्कालिन राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन

मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

तत्कालिन  राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ । निमोनियाँ रोगले पीडित दाहालको  दीर्घायु अस्पताल काठमाडौँमा निधन भएको  हाे ।

पञ्चायतकालमा चर्चित  जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिइन । श्रेष्ठलाई हराएपछि उनि चर्चामा आएकि हुन  ।

सानैदेखि विद्रोही स्वभावकी दाहाल विसं २०२९ मा उपप्रधानपञ्च निर्वाचित भै पन्चायती राजनितीमा सकृय भएकि थिइन । उनि २०४६ सालकाे परिवतर्न पछि राजनितीबाट टाढीएकी थिइन । उनको  पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएकाे पारिवारिक स्रोतले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *