संसद् भवन भत्काएर देखाउन मेयर बालेन्द्र साहलाई सांसद अमरेशको चुनौती

अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई संघीय संसद् भवन भत्काएर देखाउन चुनौती दिएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

सांसद साहले कवाडी व्यवसायीमाथि दमन गरिरहेको उल्लेख गर्दै उक्त कार्य रोक्न सरकारको ध्यानाकर्षणसमेत गराए । उनले मेयर शाह तानाशाह भएर निस्किएको बताउँदै उनी नागरिलाई एकठाउँबाट अर्को ठाउँमा गएर बस्न पाउने संवैधानिक हकको विरुद्धमा लागेको आरोप लगाए ।

उनले भने, ‘बालेनलाई म चुनौती दिन चाहन्छु, हिम्मत छ भने संसद् भवन भत्काएर देखाऊ, सिंहदरबार भत्काएर देखाऊ, रामशाह पथको सर्वोच्च अदालत भत्काएर देखाऊ । हिम्मत छ भने बालुवाटार र राष्ट्रपति निवास शीतल निवास भत्काएर देखाऊ ।’

उनले मेयर शाहको शैलीलाई ‘नाजीवाद’ को संज्ञा दिदै यस्तो शैली यहाँ नचल्ने बताए । उनले भने ‘म संघीय सरकारलाई आग्रह गर्न चाहन्छु यो देश बहुभाषिक हो बहुधार्मिक हो । यहाँ हरेक तप्काको एक ठाउँबाट अर्को ठाउँमा जाने, बोल्ने र बस्ने स्वतन्त्रता संविधानले दिएको छ । यो त लथालिङ्ग देशको भताभङ्ग चाला, जहाँ जसले सके त्यहीले खाला भयो । यो न्याय मरेको देश हो ? के कानून नभएको देश हो ? त्यो मेयर किन तानाशाह भएर निस्किएको छ ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *