काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरण सार्वजनिक गरेको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ को छ महिनाको तथ्याङ्कमा आधारित रहेर आइतबार रिपोर्ट सार्वजनिक गरेको हो ।
यसैगरी कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ८४ करोड पुगेको छ भने नेपाल सरकारको खर्च रु. ६६७ अर्ब ६० करोड र राजस्व परिचालन रु.५५९ अर्ब ६१ करोड रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।
यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.० प्रतिशत रहेको पनि राष्ट्र बैंकले उल्लेख छ ।