अमेरिकामा भारी हिमपात, ७ राज्यमा आपतकाल घोषणा

अमेरिकामा भीषण हिमपातका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन्। केही राज्यमा आपत्कालीन अवस्था घोषणा गरिएको छ। यो पछिल्लो १० वर्षको सबैभन्दा खराब हिम तूफान हुनसक्ने अनुमान गरिएकाले ७ राज्यमा उच्च सतर्कता घोषणा गरिएको हो । जसअनुसार अमेरिकाले उच्च सर्तकता घोषणा गरेका ७ वटा राज्यहरूमा केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास र मिसौरीमा रहेका […]

Continue Reading

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला,चालू आवमा तेह्र गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जकाे पश्चिम क्षेत्रमा साेमबार एउटा गैंडा मृत फेला परेकाे छ । निकुञ्जका सुचना अधिकारी अविनाश थापा मगरका अनुसार पश्चिम सेक्टर स्थित पिप्रहर घाट पारी गैँडा जुधेर मरेको अवस्थामा भेटिएको हाे । अन्दाजी २३ वर्षकाे उक्त भाले गैंडाकाे खाग खुर लगायतका अवयवहरू सकुशल रहेको बताइएको छ ।निकुञ्जकाे तथ्यांक अनुसार चालू आवको आधा आधि भित्रै […]

Continue Reading

सार्वजनिक यातायातको भाडा बढ्यो (सूचीसहित)

सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ। यातायात व्यवस्था विभागले आजैबाट लागु हुने गरी भाडा बढाएको हो । विभागका अनुसार यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढाइएको छ। पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाउने निर्णय भएको विभागले जनाएको छ।

Continue Reading

भारतमा दुई जना बालबालिकामा एचएमपीभी सङ्क्रमण पुष्टि

भारतको कर्नाटक राज्यमा ह्यूमन मेटान्यूमो भाइरस (एचएमपीभी)को सङ्क्रमण देखिएको छ । नियमित जाँचका क्रममा दुई जना बालबालिकामा एचएमपीभी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । सङ्क्रमण पुष्टि भएकामध्ये तीन महिनाकी बालिका उपचारपछि घर फर्किएको र आठ महिनाको बालकको बेङ्गलुरुको अस्पतालमा उपचार भइरहेको छ । उपचाररत बालकको अवस्था स्थिर रहेको र […]

Continue Reading

मकवानपुर र काठमाडौं जोड्ने महालक्ष्मी खोला-मातातीर्थ सडक माघ ७ गतेसम्म बन्द

मकवानपुर र काठमाडौं जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आजदेखि आउँदो माघ ७ गतेसम्म बन्द हुने भएको छ ।  मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ महालक्ष्मी खोला नजिकै भीर कटानका लागि सडकमा यातायात सेवा बन्द गर्न लागिएको गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए  । पूर्वाधार विकास कार्यालयले मकवानपुरतर्फको सडक खण्डमा स्तरोन्नतिका क्रममा माघ ७ गतेसम्म सडकमा यातायात सञ्चालन बन्द गर्न […]

Continue Reading

सर्वोच्चद्वारा थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका आरोपित प्रतीक थापाबारे कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज उक्त प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो । उक्त प्रकरणमा उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेकामा थापाले त्यसविरुद्ध […]

Continue Reading

जय ट्रफी मेन्स एलिट कप शुरू

नेपाल क्रिकेट संघ (क्यान)काे  आयोजनामा टेस्ट संरचनाको जय ट्रफी मेन्स एलिट कप-२०८१ आइतबारदेखि जनकपुर र वीरगञ्जमा सुरु भएकाे छ । प्रतियोगिताको उद्घाटन खेल जनकपुरको रजौलस्थित प्रस्तावित रामजानकी बहुउद्देश्यीय रंगशालामा मधेश प्रदेश र बागमती प्रदेशबीच भएकाे छ । प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कपका शीर्ष चार स्थानमा रहेका मधेश प्रदेश, बागमती प्रदेश, नेपाल पुलिस क्बल र […]

Continue Reading

म्यानमारमा ६ हजार कैदीलाई माफी

म्यानमारको राज्य प्रशासन काउन्सिलले देशको ७७औं स्वतन्त्रता दिवसका अवसरमा करिब ६ हजार कैदीहरूलाई माफी दिएको छ । माफी गरिएका कैदीहरूमा म्यानमारका पाँच हजार ८६४ र अन्य देशका १८० जना छन् । काउन्सिलले केही कैदीहरूको सजाय पनि घटाएको छ । गतवर्ष देशको ७६औं स्वतन्त्रता दिवसको अवसरमा नौ हजारभन्दा बढी कैदीलाई आममाफी दिइएको थियो । सिन्हृवा

Continue Reading

प्रहरीद्वारा दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन

नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट रु दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ। विशेष कार्ययोजना लागू गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि अभियान सञ्चालन गरेको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अवैध मालसामान बरामद, ट्राफिक कारबाही, हुण्डी, सुन, नदीजन्य […]

Continue Reading

६ वर्षदेखि कोठामा थुनिएका बालकसहित चार बालबालिकाको उद्धार 

कोठामा थुनिएर बस्न बाध्य खोटाङका ९ वर्षीय बालकसहित सहाराविहीन चार बालबालिकाको माया घर नेपाल इटहरी सुनसुरीले उद्धार गरेको छ । ६ वर्षदेखि आफ्नै घरको एउटा कोठामा थुनिएर बसेका ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका ९ वर्षीय बालक अङ्गबहादुर थापा र सहाराविहीन ९ वर्षीया सुजता राई तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ११ वर्षीय विश्वहाङ राई र १२ वर्षीय […]

Continue Reading