कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न आवश्यक रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाअन्तर्गको कानुन, न्याय तथा मानव अधिकार समितिमा उनले यस्तो बताएका हुन । उनले वैदेशिक तथा आन्तरिक श्रमिक र रोजगारदातालाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीलाई सुझाव दिए ।
उनले सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नेकुरा मन्त्रालय र मन्त्रीको सफलतासँग जोडिएको र वैदेशिक रोजगारमा जाने श्रमिकको हक र हितका लागि कानुन मन्त्रालय सदैव सकारात्मक रहेको उनको दाबि थियाे ।
मन्त्री चौरसियाले भने , ‘‘श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था हामी गर्दैछौं । जसमा ११ प्रतिशत व्यक्ति रोजगारदाता र २० प्रतिशत व्यक्ति सरकारले राख्ने र नेपालमा समेत श्रम गर्ने सबैलाई कोषमा आबद्ध गर्ने कुरा जुन राखे । यो मन्त्रालयको सफलता र मन्त्रीको सफलतासँग जोडिन जान्छ भन्ने मलाई लागेको छ ।’’
उनले सरकारले प्रत्येक नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नसके ठुलो र ऐतिहासिक उपलब्धी हुने बताए ।