यू-१९ महिला विश्वकपमा आज नेपाल अस्ट्रेलियासँग खेल्दै

अन्तराष्ट्रिय मनराेञ्जन मुख्य समाचार समाचार सुचना/प्रबिधि

आइसिसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेटमा आज नेपालले अस्ट्रेलियासँग खेल्दैछ।मलेसिसाको बांगीस्थित वाइएसडी-युकेएम क्रिकेट ओभलमा दिउँसो सवा १२ बजेदेखि खेल सुरू हुनेछ।आजको खेल नेपाललाई जित्नैपर्ने दबाब छ। यसअघि दुवै खेलमा पराजित भएको नेपालले सुपर सिक्स सम्भावनालाई जिवित राख्न आजको खेल जित्नुपर्नेछ।

यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो।  दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो। स्कटल्याण्डविरूद्ध राम्रो सुरूवात गरेपनि नेपालले स्कटल्याण्डको अन्तिम विकेट लिन सकेन।

अन्तिम विकेटका लागि स्कटल्यान्डले १६ रनको साझेदारी गर्दा नेपाल विश्वकपमा पहिलो जित निकाल्ने अवसरबाट चुकेको थियो।आज यसअघिका दुवै खेलमा भएका कमजोरी सुधारेर नेपालले राम्रो प्रदर्शन गर्नुपर्ने र अस्ट्रेलियालाई पराजित गर्नुपर्ने चुनौती छ।

अस्ट्रेलियाले बंगलादेश र स्कटल्याण्ड दुवैलाई पराजित गरिसकेको छ। समूह चरणमा उ पनि अन्तिम खेल खेल्दैछ। शीर्ष स्थानमा रहेको अस्ट्रेलिया अहिलेसम्मको खेलमा बलियो देखिएको छ।

बंगलादेश र स्कटल्याण्ड  दोस्रो र तेस्रो स्थानमा छ।  सुपर सिक्समा पुग्नका लागि समूह चरणमा कम्तिमा एक खेल जित्न आवश्यक रहन्छ।बंगलादेश र स्कटल्याण्डबीच बिहान सवा ८ बजे खेल हुँदैछ। समूह डी बाट सुपर सिक्समा पुग्ने टोलीको आजै टुंगो लाग्नेछ।

नेपाली टिममा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा,  रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत, कृश्मा गुरुङ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *