भ्रष्टाचार मुद्दामा खानलाई १४ वर्षको जेल सजाय

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

रावलपिन्डी (पाकिस्तान) । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुसरा बीबीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । फैसलामा खानलाई १४ वर्ष र पत्नी बीबीलाई ७ वर्षको जेल सजाय सुनाइएको छ ।‘अभियोजन पक्षले आफ्नो मुद्दा प्रमाणित गरेको छ, खान दोषी ठहरिएका छन्,’ न्यायाधीश नासिर जावेद राणाले फैसलामा भनेका छन् ।

अदालतले खानलाई राखिएको राजधानी इस्लामावाद नजिकैको जेलमा शुक्रबार भएको सुनुवाइपछि फैसला सुनाएको हो । उनीहरूले संयुक्त स्थापना गरेको ‘अल–कादिर ट्रस्ट’ नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण दोषी ठहर गरिएको फैसलामा उल्लेख छ ।

सन् २०२३ को अगस्टदेखि खान जेलमा छन् । उनीमाथि करिब २ सयवटा मुद्दा लगाइएको छ । ती मुद्दा आफूलाई ‘सत्तामा फर्कनबाट रोक्नका लागि राजनीतिक प्रतिशोधबाट प्रेरित भएको’ दाबी खानले गरेका छन् । उनकी पत्नी बुसरा बीबी हालसालै जेलबाट रिहा भएकी थिइन् भने उनलाई फैसलापछि अदालतबाटै पक्राउ गरिएको छ ।

बुसरा शुक्रबार बिहान अदालतको सुनुवाइमा भाग लिन खानलाई राखिएको जेलमा उपस्थित भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *