उडिरहेको विमानमा बेहोस चिनियाँ नागरिकको अस्पताल नपुर्याउँदै निधन

अन्तराष्ट्रिय मुख्य समाचार समाचार सुचना/प्रबिधि स्वास्थ्य

बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएका एक जना चिनियाँ नागरिकलाई अस्पताल पुर्याएपछि मृत घोषणा गरिएको छ । विमान बंगलादेशको उडान नम्बर बीजी ३७१ मा बिहान साढे ११ बजे काठमाडौं आएका चिनियाँ नागरिक पिआन लिनसिआङ उडिरहेको विमानमा बेहोस भएको बताइन्छ ।

इएन ६८८४६७८ राहदानी वाहक पिआनलाई काठमाडौं विमानस्थलबाट सोझै मण्डिखाटारस्थित ह्याम्स अस्पताल पुर्याइएपछि मृत घोषणा गरिएको थियो । उनी बंगलादेशी श्रीमतीसँगै काठमाडौं आएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *