नेपाल राष्ट्र बैंकले केही हेरफेर गर्दै शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागिरहेको अमेरिकी डलरमा शुक्रबार कीर्तिमानी वृद्धि भएको हो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ १९ पैसा र बिक्रीदर एक सय ३८ रूपैयाँ ७९ पैसा कायम भएको छ ।
जापानी येन १० को खरिददर आठ रूपैयाँ ८७ पैसा र बिक्रीदर आठ रूपैयाँ ९१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८५ पैसा र बिक्रीदर १८ रूपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ र बिक्रीदर चार रूपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ६९ पैसा र बिक्रीदर ३० रूपैयाँ ८३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ४८ पैसा र बिक्रीदर नौ रूपैयाँ ५२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १२ रूपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ पाँच पैसा र बिक्री दर १९ रूपैयाँ १४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ७४ पैसा र बिक्रीदर १७ रूपैयाँ ८२ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रूपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४९ रूपैयाँ ७४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रूपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ६८ रूपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रूपैयाँ ९५ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ ५१ पैसा तोकिएको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा निर्धारण भएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।