कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

उत्तरपश्चिमी कोलम्बियामा विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। प्यासिफिका ट्राभलद्वारा सञ्चालित  विमान जुराडोबाट मेडेलिन जाँदै गर्दा बेपत्ता भएको र एन्टिओक्वियाको उत्तरपश्चिम कोलम्बियाली विभागको उराओको ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ। सो जहाजमा चालक दलका दुई सदस्य र आठ यात्रु सवार थिए।

एन्टिओक्वियाको जोखिम व्यवस्थापन विभागका निर्देशक कार्लोस रियोस पुएर्टाले सबै जनाको मृत्यु भएको पुष्टि गरे। ‘हामीसँग साइटमा ३७ जना कर्मचारीहरू काम गरिरहेका छन्। प्रतिकूल मौसमी अवस्थाले रिकभरी प्रक्रियालाई जटिल बनाएको छ,’ उनले भने।

प्यासिफिक ट्राभलले विज्ञप्ति जारी गर्दै पीडित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। ‘हामी सधैं पीडित परिवारको साथमा रहनेछौं। यस दुःखद घटनाबाट उत्पन्न हुने हरेक आवश्यकतालाई पूरा गर्नेछौं,’ भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *