‘हश’ मनी मुद्धामा ट्रम्पको सजाय रोक्न सर्वोच्च अदालतद्वारा अस्वीकार

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

अमेरिकी सर्वोच्च अदालतले शुक्रबार हश(मौन बस्न दिइएको रकम)मनी मुद्दामा डोनाल्ड ट्रम्पको सजाय रोक्न अस्वीकार गरेको छ।नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतलाई सजाय रोक्न अपील गरेका थिए। यसमा सर्वोच्च अदालतका न्यायाधीशहरूले  ट्रम्पको अनुरोधलाई अस्वीकार गरेका हुन्।

सन् २०१६ मा डोनाल्ड ट्रम्पले पोर्नस्टार स्टोर्मी डेनियल्सलाई चुप बस्न १,३०,००० डलर दिएका थिए। ट्रम्पलाई सोही मुद्धामा दोषी ठहराइएको थियो।मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीश जुआन मर्चनले ट्रम्पलाई जेल सजाय नदिइने संकेत गरेका छन्।

सर्वोच्च अदालतको निर्णयपछि ट्रम्पले बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै यो फैसला अपमानजनक रहेको तर निष्पक्ष निर्णय भएको बताएका थिए।

बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *